शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा ६ जना नयाँ कोरोना संक्रमित थपिए

बिहीबार, ०८ असोज २०७७, १२ : २२
बिहीबार, ०८ असोज २०७७

ओखलढुुंगामा थप ६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । गत सोमबार जिल्लाका विभिन्न क्वारेन्टिनमा रहेका ३१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणमा पठाइएका मध्ये बिहीबार ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि जिल्लामा कोरोना पोजेटिभ देखिएका जनप्रतिनिधि, पत्रकार सहित उनीहरुको सम्पर्कमा आएका ३० जना ब्यक्तिसहित अन्य ३१ जनाको थ्रोट स्वाब परीक्षणमा पठइएकोमा नयाँ ६ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

यसअघि कोरोना पोजेटिभ देखिएका ३० मध्ये चार जनाको भने दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । अन्य २६ जनाले कोरोनालाई जित्न सफल भएको स्वास्थ्य प्रमुख तिवरीको भनाइ छ । नयाँ कोरोना संक्रमित देखिएकामध्ये धनुसा तथा महोत्तरीबाट आएका केही प्रहरी र केही सर्वसाधारण रहेका छन् । 

जिल्लामा बिहीबार सम्ममा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । यी मध्ये ५४ जना विभिन्न समयमा उपचारपछि डिस्चार्ज भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप