बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नगर प्रहरीलाई सर्वसाधारणले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक छ : सिताराम हाछेथु

नगर प्रहरीले फुटपाथ मात्र हटाउँदैन, ढल पनि खोल्छ
बिहीबार, ०८ असोज २०७७, १२ : १५
बिहीबार, ०८ असोज २०७७

ललितपुर । सिताराम हाछेथु ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त भएसँगै उनले नगर प्रहरीलाई सर्वसाधारणले हेर्ने दृष्टिकोणलाई परितर्वन ल्याउन पहल गरेका छन् । 

नगर प्रहरी भनेको नगरवासीहरुलाई सहयोग गर्ने संगठन भएको हाछेथुको भनाइ छ । नियम विपरित काम गर्नेलाई नगर प्रहरीले नछाड्ने समेत हाँचेथुले रातोपाटीसँग भने । 

‘मानिसको सोचाइमा नगर प्रहरी भनेको फुटपाथ हटाउने मात्र हो ठान्छन् । त्यसलाई चिर्नको लागि नगर प्रहरीलाई हेर्ने दृष्टिकोणमा परितवृन ल्याउन आवश्यक छ,’ हाछेथ भन्छन् । 

नगर प्रहरीले फुटपाथ मात्र नहटाएर नगरवासीको दुखमा मलम लगाउने काम गर्ने समेत हाछेथुले बताए । हाछेथुले भने, ‘अब ढल खोल्नेदेखि बाढीपहिरोमा परेकाहरुको उद्धार समेत नगर प्रहरीले गर्नेछ ।’

नगरवासीले नगर प्रहरीसमक्ष जुनसुकै बेला आफ्नो गुनासो राख्ने सक्ने हाछेथुले बताए । ‘नगरवासीको लागि नगर प्रहरी तयारीमा अवस्थामा छ ।’ पोल ढलेको ठाउँमा गएर पोल पन्छाउने काम पनि नगर प्रहरीले गर्ने हाछेथुको भनाइ छ ।

यदि सडक भत्केको छ भने नगर प्रहरीलाई फोन गरेर जानकारी गराउन समेत हाछेथुले आग्रह गरे । नगरपालिकाले गर्नसक्ने काम रहेछ भने घच्घचाएर पनि काम गर्न लगाउँछौं,’ हाछेथुले भने । 

हाछेथुले महानगरको नीति र निर्देशन अनुसार ललितपुर महानगरलाई व्यवस्थित सहर बनाउन प्रतिबद्धता समेत व्यक्त गरे । उनले ललितपुर महानगरलाई नमूना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्दै टा«फिक व्यवस्थापन, सरसफाई र फुटपाथ व्यवस्थापनलाई प्राथमिकता राखेर काम गर्ने बताए ।

हाछेथु प्रहरी सेवामा २९ वर्ष ट्राफिकमा बिताएका पूर्व ट्राफिक प्रहरी निरीक्षक हुन् । ललितपुर ट्राफिक प्रहरीमा ४ वर्षसम्म काम गरेका हाछेथुलाई ललितपुरका कुना काप्चाबारे राम्रोसँग थाहा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप