शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इन्भेष्टमेन्ट बैङ्कद्वारा ४ अर्बको ऋणपत्र बिक्री गर्न बोर्डमा आवेदन

बिहीबार, ०८ असोज २०७७, ११ : ४९
बिहीबार, ०८ असोज २०७७

नेपाल इन्भेष्टमेन्ट बैङ्कले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले बिक्री अनुमतिका लागि नेपाल  धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैङ्कले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ । बाँकी २४ लाख इकाई सङ्घसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइनेछ । बैङ्कले ७ वर्ष अवधिको ‘नेपाल इन्भेष्टमेन्ट बैङ्क डिबेन्चर २०८४’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

ऋणपत्र बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप