केन्द्रीय संस्करण

‘ए मेरो हजुर ४’ मा सुहानाको कस्तो भूमिका ?

person explore access_timeअसोज ८, २०७७ chat_bubble_outline0

काठमाडौं । अभिनेत्री सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनयमा डेब्यु गरेकी हुन् । अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना यो फिल्ममा अनमोल केसीको जोडीको रुपमा देखिएकी थिइन् ।

डेब्यु फिल्मबाटै चर्चा र सफलता दुबै हात पार्न सफल उनी फेरि झरनाकै निर्देशन रहेको होमप्रोडक्सनकै ‘ए मेरो हजुर ४’मा देखिदैछिन् । कोरोनाको कहर अगाडि सुटिङ समेत सुरु भएको फिल्मको छायाँकन लकडाउनका कारण रोकिएको थियो । जुन अझै सुरु हुन सकेको छैन । सरकारले फिल्म गतिविधिमा अनुमति दिएपछि छायाँकनमा निस्कने तयारीमा फिल्म युनिट रहेको छ ।

लकडाउनका कारण फिल्म छायाँकन रोकिए पछि सुहाना अहिले घरमै परिवारसँग छिन् । घरमा रहदा पनि उनी सामाजिक संजालमार्फत फ्यानसँग जोडिने गरेकी छन् । सोही क्रममा एक फ्यानले उनलाई ‘ए मेरो हजुर ४’ कहिले रिलिज हुन्छ भनेर प्रश्न राखेका थिए । जवाफमा उनले सही समय आएपछि फिल्म रिलिज हुने बताउँदै आफ्नो अनुहार लुकाएको एक तस्विर समेत पोष्ट गरेकी छिन् । 

फिल्मको सुटिङका क्रममा खिचिएको उक्त तस्विरमा उनको हातमा एक खरीपाटी छ, जसमा उनको परिचय खुलाइएको छ । सुहानाको हातमा रहेको खरीपाटीमा नाम आर्या महर्जन, पेशा विद्यार्थी, घर पाटनदरबार स्क्वायर, उमेर १९ वर्ष र अपराध गुण्डागर्दी र मापसे उल्लेख छ ।

तस्बिरमा जसरी खरीपाटीमा नाम र परिचय लेखिएको छ । त्यसैरी नै प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेपछि पत्रकार सम्म्ेलनमा सार्वजनिक गर्ने गर्दछ । 
सुहानाको पोस्टले दर्शकमा फिल्म प्रति उत्सुकता बढाएको छ नै धेरैले फिल्ममा उनको ‘गुन्डागर्दी’ को भूमिका समेत हेर्न मिल्ने अनुमान गरेका छन् । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.