‘सानु’मा आकाश र एलिजाको रोमान्समा
बिहीबार, ०८ असोज २०७७, ११ : ४४
काठमाडौं । आकाश श्रेष्ठ र एलिजा गौतमको अभिनय रहेको लोकदोहोरी गीत ‘सानु’ सार्वजनिक भएको छ । प्रताप दास, समिक्षा अधिकारी र आयुशा गौतमको स्वर रहेको गीतमा शब्द कमल सरगमको रहको छ ।
गीतको भिडियो प्रभावन जेले निर्देशन गरेका हुन् । भिडियोमा एलिजा र आकाशको अलवा गुराँस ढकाल र २ बर्षिया बालकलाकार समाइरा थापाको समेत अभिनय छ ।
भिडियोमा छायांकन ज्ञानेन्द्र शर्मा हुंमागाई, कोरियोग्राफ सन्तोष राजबाहकको रहेको छ ।