शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले पुरेर एक जनाको मृत्यु

बिहीबार, ०८ असोज २०७७, ११ : ३९
बिहीबार, ०८ असोज २०७७

पाल्पाको रम्भा गाउँपालिका–२ स्थित सुरुङडाँडामा पहिरोले पुरेर एकजनाको मृत्यु भएको छ ।

 पहिरोले घर पुर्दा स्थानिय २७ वर्षीय मोतिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष भट्टराईले बताए ।

त्यस्तै, गएरातीको पहिरोले रम्भा गाउँपालिका–२ स्थित होमबहादुर गाहाको घरमा सुतिरहेका पाँच जनालाई पुरेको हो । पाँच जना पुरेको खबर आएपछि हुँगी प्रहरी चौकीबाट भर्खरै प्रहरी घटनास्थलमा पुगेको छ ।

आफु घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको एसपी भट्टराईले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप