शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज पनि घट्यो सुनको मूल्य, तोलामा ९३ हजार १०० रुपैयाँ

बिहीबार, ०८ असोज २०७७, ११ : ३६
बिहीबार, ०८ असोज २०७७

काठमाडौं । बिहीबार पनि सुनको मूल्यमा गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य तोलामा १२०० रुपैयाँले घटेको छ । यो साता घट्दो क्रममा रहेको सुनको मूल्य बिहीबारसम्म आइपुग्दा तोलामा ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजवी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ।  बुधबार तोलामा ११९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ११२० रुपैयाँमा कारोबार भएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप