केन्द्रीय संस्करण
समाचार

स्याङ्जामा पहिरो : एकै घरमा ९ जनाको मृत्यु, एक जनाको जिवित उद्धार

person explore access_timeअसोज ८, २०७७ chat_bubble_outline0

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरातर्फ पठाइएको छ ।

पहिरोले पुरेको माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली,  १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।

बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्र प्रसाद अधिकारीले रातोपाटीलाई बताए ।  १० जनामध्ये उमाकला नेपाली पाहुना रहेको र अन्य ९ जना एकै परिवारको सदस्य रहेको स्थानीयले जानकारी दिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.