शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा १२ लाख नक्कली नेपाली नोटसहित २ जना पक्राउ

बिहीबार, ०८ असोज २०७७, ११ : २७
बिहीबार, ०८ असोज २०७७

बारा – बारास्थित प्रहरीले १२ लाख भन्दा बढी नेपाली रुपैया सहित दुईजनालाई पक्राउ गरेको छ ।

भारतिय सीमानासंग जोडिएकोे सिम्रौनगढ नगरपालिका ९ बसवरिया नहर नजिकैबाट नेपाली बाह्र लाख सोरहजार नक्कली नोट सहित दुई जनालाई बुधवार साँझ पक्राउ गरेको छ । 

प्रहरीले पक्राउ परेकाहरुको साथबाट एकहजार दरका १ हजार २१६ थना नेपाली नक्कली नोट फेला पारेको जनाएको छ । 

उनीहरुको साथमा रहेकोे पहेलो रंगको झोला भित्र रातो प्लाष्टिकमा नोट लुकाई छिपाई राखेको अवस्थामा चेकजाँचको क्रममा फेला परेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका ५ सिंघासनी गाँउका २३ वर्षीय बलिराम चौधरी र  भारत बिहार मोतिहारी जिल्ला घोडासहन थानाक्षेत्र अन्तरगत झरौखर घरभएका  २७ बर्षिय संदिप कुमार रहेको प्रहरी प्रवक्ता मिश्राले बताएका छन ।
चोरीका मोबाइल खरीदबिक्री भैरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधबार साँझ नक्कली नोट सहित उनीहरुलाई पक्राउ गरेको हो । 

साथै उनीहरुले प्रयोग गरेका बा.६४ प ९७०६ नं.को मोटर साईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

उक्त नोट मोबाइल खरिदकर्ताहरुलाई दिई ३० थान मोबाइल लिई फरार भएको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता मिश्राले जानकारी दिएका छन् । 

पक्राउ दुबैजनालाई जिल्ला नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको तथा नक्कली नोट दिएर मोबाइल खरीदगरी  फरारभएकाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप