अमेरिका : रेष्टुराँमा जानेहरुलाई कोभिड–१९ संक्रमणको सम्भावना बढी
अमेरिकाको सिडिसी अर्थात् सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको एउटा नयाँ अध्ययनले देखाएअनुसार, अमेरिकामा कोरोनाभाइरस पोजेटिभ देखिएका अधिकांशतः मानिसहरुमध्ये रेस्टुराँतिर गएर खानेहरु देखिएका छन् । उनीहरुमध्ये अधिकांश पछिल्ला चौध दिनमा रेष्टुराँ गएकाहरु रहेका छन् ।
अमेरिकाका ११ वटा स्वास्थ्य सेवा प्रदायक स्थानहरुमा लक्षणसहितका कोभिड– १९ का विरामीहरुमा गरिएको अनुसन्धानमुलक अध्ययनले सो कुरा देखाएको हो ।
अनुसन्धानकर्ताहरुले खाने र पिउने सुविधा प्रदान गर्ने त्यस्ता स्थानमा जानेहरुमा कोभिड– १९ पोजेटिभको संक्रमण बढी देखिएको पाए । रेस्टुराँमा गएर खाँदा मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न सहज हुँदैन । यो स्थितिमा ग्राहक, कर्मचारी तथा समुदायलाई कोरोनाभाइरसको संक्रमणबाट जोगाउन अतिरिक्त प्रयासहरुको जरुरत पर्छ । कर्मचारीहरु विरामी हुँदा उनीहरुलाई घरमा बस्न प्रोत्साहित गर्ने तथा काममा सक्रिय छँदा रोजगारदाताले उनीहरुलाई बेलाबेलामा हात धुन तथा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने गर्नुपर्छ । ग्राहकलाई पनि खानेकुराहरु पुर्याइदिने वा लिन सकिने व्यवस्थाका बारेमा जानकारी दिनुपर्छ । खासगरी, मानिसहरुले पनि मानिसको भीडभाड भएका रेस्टुराँहरुमा जानबाट पन्छिनु पर्छ ।
भीडभाडयुक्त ठाउँहरु कोरोनाभाइरस संक्रमणको हटस्पट रहेको तथ्यांकहरुले देखाएका छन् । कतिसम्म भने पूर्ण क्षमताको २५ देखि ५० प्रतिशत मात्रै भीडभाड छ भने पनि त्यहाँ कोरोनासंक्रमणको सम्भावना बढेर जान्छ ।
सो अध्ययनमा ८०२ जना सहभागी रहेका थिए । अध्ययनका दौरानमा सहभागीहरुबाट भौगोलिक जानकारीहरुका अलावा सहभागीका अन्य विभिन्न गम्भीर खालका रोगजन्य अवस्थाका बारेमा पनि तथ्यांक संकलन गरिएको थियो । सहभागीहरुलाई उनीहरुले भोगिरहेका लक्षणहरुका बारेमा पनि जानकारी दिन भनिएको थियो । साथै, कोभिड–१९ का रोगीहरुसँगको निकट सम्पर्कका अलावा उनीहरुले काम गर्ने स्थानको बारेमा, मास्क लगाउने अभ्यासका बारेमा र लक्षण देखापर्नुअघि उनीहरुको सामुदायिक गतिविधिहरुका बारेमा समेत जानकारी संकलन गरिएको थियो ।
त्यसरी संकलन गरिएका तथ्यांकहरुबाट अनुसन्धानकर्ताहरुले २२५ जना सहभागीलाई छनौट गरेका थिए । त्यसरी छनौट गरिएका सहभागीहरु पछिल्लो पटक कोभिड– १९ का ज्ञात रोगीसँगको सम्पर्कमा आएका थिएनन् । यस समूहका अधिकांश सहभागीहरु रेष्टुरामा गएर खानेहरु थिए । रेष्टुरा वा कफी सपमा जाने गरेका भनी उल्लेख गरेका सहभागीहरुले आफूहरुले मास्क लगाएको वा सामाजिक दूरी कायम गरेको देखेको कमैले उल्लेख गरेका थिए ।
विभिन्न प्रकारका गतिविधिहरुले कोभिड– १९ वा सार्स–कोभ– २ को संक्रमणको सम्भावना कसरी बढाउँछ भन्नेबारेमा थप अनुसन्धान गरिनुपर्ने कुरा अनुसन्धानकर्ताहरु बताउँदछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साना अस्पताल थप्नेभन्दा भएकालाई राम्रोसँग चलाऔँ : मन्त्री पौडेल
-
कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी
-
केवाईसी रुजु गर्ने वालेटकै कर्मचारी पक्राउ
-
विदेश पठाउँछु भन्दै ठगेको आरोपमा ३ जना पक्राउ
-
१६ दिन थुनामा रहेका पूर्वमन्त्रीले पाए क्लिनचिट, दुई अभियोगमा मुद्दा लाग्ने यी हुन् ११ प्रतिवादी
-
सुदूरपश्चिम रोयल्सका मेन्टर हज नेपालमा