मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ट्रम्पले भने, ‘चुनाव हारे पनि चुपचाप हट्दिनँ’

बिहीबार, ०८ असोज २०७७, ०९ : ५२
बिहीबार, ०८ असोज २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नोभेम्बरमा चुनाव हारेपछि पनि शान्तिपूर्ण सत्ता हस्तान्तरणबाट अस्विकार गरेका छन् ।

डोनल्ड ट्रम्पले भने, ‘मलाई लाग्छ चुनावको नतिजा अमेरिकी सर्वोच्च अदालतसम्म पुग्नेछ किनभने मलाई हुलाकमार्फत् गरिने मतदानमाथि शंका छ ।’

कोरोनाभाइरसको सुरक्षालाई मध्यनजर गर्दै अमेरिकाका थुप्रै राज्यले हुलाकमार्फत् मतदानलाई प्रोत्साहन दिइरहेका छन् ।

डोनल्ड ट्रम्पसँग एक पत्रकारले डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनसँग चुनाव हार्दा, जित्दा वा समान भएको स्थितीमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्नुहुन्छ भनेर प्रश्न सोधेका थिए ।

यसमा डोनल्ड ट्रम्पले भने, ‘म मतपत्रको कुरा सधैं उठाउने गर्छु र यो एउटा समस्या हो ।’

जब पत्रकारले मानिसहरुले हंगामा गरिरहेका छन् त भनेर सोधे तब ट्रम्पले उनलाई गाली गर्दै भने, ‘असाध्यै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुनेछैन, त्यहि सरकार जारी रहनेछ ।’

सन् २०१६ मा पनि डोनल्ड ट्रम्पले डेमोक्रेटिक उम्मेद्वार हिलेरी क्लिन्टनसँग चुनाव लड्दा पनि नतिजा स्विकार नगर्ने बताएका थिए । हिलेरीले यसलाई अमेरिकी लोकतन्त्रमाथि हमला बताएकी थिइन् ।

यद्यपि, चनावमा रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पको जीत भयो तर उनले ३० लाख भोट पनि गुमाए जसमाथि उनी आज पनि शंका जताउँछन् ।

डेमोक्रेट्सले के भने ?

गत महिना हिलारी क्लिंटनले जो बाइडनलाई कुनै पनि स्थितीमा हार नमान्न भनेकी थिइन् ।

उनले यस्तो स्थितीको कुरा गरेकी थिइन् जसमा रिपब्लिकन पार्टी एबसेन्टी ब्यालेट्स (मतदानका बेला अनुपस्थित मतदाता) को विषयमा हंगामा गर्नेछिन् र नतिजालाई चुनौती दिनका लागि वकिलको एक फौजलाई जम्मा गर्नेछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप