मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

१५० प्रतिशत भाडा, झुण्डिएर यात्रा

“ए ! ल झर्नुस् त, अगाडि चेकपोस्ट आयो”
बिहीबार, ०८ असोज २०७७, ०९ : २५
बिहीबार, ०८ असोज २०७७

काठमाडौँ । कलङ्कीका संजोग श्रेष्ठ आइतबार बिहानै खुल्ला मञ्चस्थित पुरानो बसपार्क पुग्छन् । उनलाई काठमाडौंबाट दोलखा, चरिकोट जानु थियो ।

संजोगले टिकट काउण्टर वालालाई सोधे– दाई चरिकोट जाने गाडी छ ?

काउण्टरवालाले तत्कालै जवाफ फर्काए, ‘छ भाइ । कति बजेकोमा जानु हुन्छ ? एउटा अहिले भर्खरै ७ बजे गयो । अब अर्को गाडी साढे ८ बजेको छ । तर पहिलेको जस्तो छैन, १७ जना पुग्नेबित्तिकै हिँड्ने हो ।’

संजोगले सोधे, ‘चरिकोटसम्मको भाडाचाहिँ कति हो नि ?’

काउण्टरवालाले कोरोनाकालमा जारी सरकारी नियमको हवाला दिँदै भन्यो, ‘अहिले सरकारले नै तोकिदिएको ५० प्रतिशत थपसहित चरिकोटसम्मको भाडा ५४० रुपैयाँ हो । नियमअनुसार सिट क्षमताको तुलनामा ५० प्रतिशतमात्र यात्रु राख्न पाइन्छ । गाडीमा जम्माजम्मी १७ जना जतिमात्र हुन्छन्,’ काउण्टरवालाले भने ।

हुन पनि सरकारले तोकिदिएको सार्वजनिक यातायात सञ्चालनको नियम अनुसार एउटा गाडीमा ५० प्रतिशतमात्र यात्रु राख्न पाइन्छ । सोही नियम अनुसार काठमाडौं–चरिकोटको भाडामा ५० प्रतिशत थपसहित ५४० रुपैयाँको टिकट काटेर संजोग गाडी चढ्छन् ।

गाडी बसपार्क छाडेर भद्रकाली, माइतिघर, कोटेश्वर हुँदै चरिकोटतर्फ हुँइकिन्छ । तर जब गाडी कोटेश्वर पुग्छ, तब सह–चालक (खलासी)ले यात्रु डाक्न थाल्छन् ।

बनेपा..बनेपा.. धुलिखेल, खाडिचौर... चरिकोट..

यात्रुहरु तछाडमछाड गर्दै गाडी चढ्न आउँछन् ।

बसपार्कबाट सिटको हरेक लाइनमा एक–एक जना गरेर १७ जना यात्रु पनि नबोकी हुँइकिएको गाडीमा अब झण्डै ३० जना पुगिसकेका हुन्छन् । जतिजति गाडी अघि बढ्दै जान्छ, प्रत्येक स्टेशनमा सहचालकले भेटेजति सबै लोकल यात्रुहरु भर्दै जान्छन् । बसपार्कबाट १०–१२ जनामात्र यात्रु बोकेर लामो दुरीका लागि छुटेको गाडीमा अन्ततः साँच्चै दशैँतिहारको झल्को दिनेगरी भिडभाड हुन्छ । यात्रुहरु झुण्डिनु पर्ने अवस्था आउँछ ।

खाडिचौर वरको प्रहरी चेक पोष्ट नपुग्दै गाडी रोकिन्छ । चालक र सहचालकले यात्रुलाई भन्छन्, ‘ए ! ल झर्नुस् त । अगाडि चेक पोष्ट आयो ।’

सरकारले जारी गरेको नियममा ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने र लामो दुरीमा सञ्चालन हुने गाडीले डेस्टिनेशन टु डेस्टिनेशन(डीटूडी) प्रणालीमा गाडी सञ्चालन गर्नुपर्ने उल्लेख छ । नियम अनुसार गाडीले बीच बीचमा यात्रुहरु चढाउने र झार्ने गर्न पाउँदैनन् । यसैका लागि भनेर सरकारले यात्रुहरुसँग थप ५० प्रतिशत भाडा लिन पाउने गरी नियम बनाइदिएको हो । तर गाडीवालाहरुका लागि भने ५० प्रतिशत भाडावृद्धिको नियम फलिफाप भएको छ ।

सहचालकले थपे, ‘अगाडि चेकिङ्ग हुँदैछ । तपाईंहरु अलि परसम्म हिँडेर जानुस् । त्यहाँबाट चढ्नु होला ।’

झुण्डिएका यात्रुहरु प्रहरीकै अगाडि उक्त बसबाट झरेर चेकपोस्ट अघिल्तिर गएर बस्छन् । चेकपोस्ट पार परेर बस रोकिन्छ र फेरि सबै यात्रु चढ्छन् ।

अहिले लामो दुरीमा चल्ने अधिकांश सार्वजनिक यातायातको हविगत यस्तै छ, ती सवारी साधनमा यात्रा गर्ने यात्रुले यस्तै नियति झेल्नु परेको छ ।

यतिसम्म कि बाटोमै विपरीत दिशाबाट आउने गाडीले अर्को गाडीलाई कहाँ चेकिङ्ग हुँदैछ भनेर जानकारी दिन्छन् ।

यसरी यातायात व्यवसायी र यातायात मजदुरले सरकारद्वारा जारीे लामो दुरीको यातायात सञ्चालको नियम उल्लंघन भइरहेको छ ।

१५० प्रतिशत भाडा, झुण्डिएर यात्रा

सरकारले जारी गरेको नियममा ५० प्रतिशतभन्दा बढी यात्रु राख्न नपाउने र लामो दुरीमा सञ्चालन हुने गाडीले डेस्टिनेशन टु डेस्टिनेशन(डीटूडी) प्रणालीमा गाडी सञ्चालन गर्नुपर्ने उल्लेख छ । नियम अनुसार गाडीले बीच बीचमा यात्रुहरु चढाउने र झार्ने गर्न पाउँदैनन् । यसैका लागि भनेर सरकारले यात्रुहरुसँग थप ५० प्रतिशत भाडा लिन पाउने गरी नियम बनाइदिएको हो । तर गाडीवालाहरुका लागि भने ५० प्रतिशत भाडावृद्धिको नियम फलिफाप भएको छ ।

गाडीवालाहरुले यात्रुसँग साविकको भाडा दरमा ५० प्रतिशत थपेर भाडा असुल्छन् । तर नियम विपरित खचाखच यात्रुहरु हाल्छन् । गाडीमा न त भौतिक दुरी कायम हुन्छ, न त मास्क, सेनिटाइजरको नै व्यवस्था छ ।

यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ भने यसबारे अनभिज्ञता दर्शाउँछ । व्यवसायीहरुबाट किन यस्तो भइरहेको छ भन्ने हाम्रो प्रश्नमा महासंघ सरकार, नागरिक र यातायात व्यवसायी सबै जिम्मेवार हुनुपर्ने बताउँछ ।

यसका लागि अन्तरजिल्ला तथा अन्तरप्रदेश चल्ने सवारी साधनको अनुगमन गर्न तथा खाजा घरहरुमा सुरक्षाका मापदण्ड पालना भए–नभएको हेर्न सरकार लाग्नु पर्ने व्यवसायीहरुको भनाइ छ । यसका लागि प्रत्येक जिल्लामा अनुगमन टोली हुनुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष विजय स्वाँरले बताए ।

‘जसले गल्ती ग-यो त्यसलाई कारबाहीको दायरामा ल्याउने हो । सुरक्षा मापदण्ड पुरा नगर्ने तथा नियमको उल्ंलघन गर्र्नेलाई सरकारले कारबाही गर्नुपर्छ,’ उनले भने, ‘लामो दुरीमा चल्ने सार्वजनिक यातायातमा नियमन तथा अनुगमनको व्यवस्था हुनुपर्छ । यसका लागि हामीले सरकारसँग माग पनि गरिरहेका छौँ ।’

उनको प्रश्न छ, ‘विमानले शतप्रतिशत यात्रु राखेर उडान भर्न पाउँछ भने सार्वजनिक यातायातले किन नपाउने ?’ आफूहरु आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर सुरक्षित यात्रा गराउन तयार रहेको उनको भनाइ छ । ‘अब यसमा सरकारले सहजीकरण गर्नुपर्छ । यसले यात्रुमाथि थप ५० प्रतिशत भाडाको भार पनि पर्दैन,’ उपाध्यक्ष स्वाँरले भने ।

स्वाँरले स्वास्थ्य सुरक्षाको विषयमा यात्रु आफै पनि सचेत हुनुपर्ने बताउँछन् । विमानमा शतप्रतिशत यात्रु बोक्न दिएको तर लामो दुरीका सार्वजनिक सवारी साधनलाई ५० प्रतिशतमात्र यात्रु बोक्न दिएको सम्बन्धमा उनले गुनासोसमेत गरे ।

उनको प्रश्न छ, ‘विमानले शतप्रतिशत यात्रु राखेर उडान भर्न पाउँछ भने सार्वजनिक यातायातले किन नपाउने ?’ आफूहरु आवश्यक स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाएर सुरक्षित यात्रा गराउन तयार रहेको उनको भनाइ छ ।

‘अब यसमा सरकारले सहजीकरण गर्नुपर्छ । यसले यात्रुमाथि थप ५० प्रतिशत भाडाको भार पनि पर्दैन,’ उपाध्यक्ष स्वाँरले भने ।

कोभिड–१९ को महामारीमा सञ्चालनमा आएका सार्वजनिक यातायातहरुले तोकिएकोभन्दा बढी भाडा असुलेको, तोकिएकोभन्दा बढी यात्रु बोकेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरी सञ्चालन भएको पाइएमा त्यस्ता गाडीहरुलाई ट्राफिक प्रहरीको सहयोगमा विभागले कारबाही गरिरहेको उनले बताए ।

दैनिक ३–४ सय गाडी कारबाहीमा

यातायात क्षेत्रको व्यवस्था तथा अनुगमन, नियमनको जिम्मेवारी पाएको यातायात व्यवस्था विभागले नियम उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गर्दै आएको छ । दैनिक ३–४ सय सार्वजनिक गाडी कारबाहीमा पर्ने गरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले रातोपाटीसँग बताए ।

कोभिड–१९ को महामारीमा सञ्चालनमा आएका सार्वजनिक यातायातहरुले तोकिएकोभन्दा बढी भाडा असुलेको, तोकिएकोभन्दा बढी यात्रु बोकेको र स्वास्थ्य सुरक्षा मापदण्ड पालन नगरी सञ्चालन भएको पाइएमा त्यस्ता गाडीहरुलाई ट्राफिक प्रहरीको सहयोगमा विभागले कारबाही गरिरहेको उनले बताए ।

लामो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारीको हकमा विभागले स्थानीय प्रशासनको सहकार्यमा जिल्ला प्रहरी तथा ट्राफिक प्रहरीको सहयोगमा अनुगमन, नियमनका साथै कारबाही गरिरहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप