मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टिभी अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित

बिहीबार, ०८ असोज २०७७, ०९ : १६
बिहीबार, ०८ असोज २०७७

हिन्दी टिभी जगतकी चर्चित अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित भएकी छिन् । केही दिनअघि मुख्य अभिनेता वरुण बडोला क्वारेन्टिनमा भएपछि ‘मेरे ड्याडकी दुल्हन’ शो को सुटिङ रोकिएको थियो । त्यसपछि अब श्वेता पनि कोरोनाद्वारा पोजेटिभ भएपछि सुटिङ केही दिनका लागि थप रोकिएको छ । श्वेता आफैंले प्रोडक्सनलाई आफू संक्रमित भएको जानकारी दिएकी थिइन् ।

सेटसँग जोडिएको एक स्रोतले श्वेता संक्रमित भएको खबर पुष्टि गरेका छन् । उनले भने, ‘हो, श्वेता तिवारीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनले नै २१ सेप्टेम्बरमा प्रोडक्सन हाउसलाई यसबारे सूचना दिएका थिए । शोको सुटिङ गत हप्ता नै रोकिएको थियो जब अभिनेता वरुण बडोलाकी श्रीमती राजेश्वरी सचदेव कोरोना संक्रमित पाइएकी थिइन् । आफ्नी श्रीमतीको रिपोर्ट पोजेटिभ आएपछि वरुण आफैंले होम क्वारेन्टाइन गरेका छन् । साथै, शोको सेटमा उनीसँग सम्पर्कमा आएका मानिसहरुलाई पनि सावधानी अपनाउन सल्लाह दिइएको थियो । ’

श्वेता तिवारीका श्रीमान् अभिनव कोहलीले भास्करसँगको कुराकानीमा श्वेता पोजेटिभ आएपछि उनका छोरा रेयांश हाल उनीसँग अर्को घरमा बसिरहेको जानकारी दिए । अभिनवको घर श्वेता बसेको घरभन्दा दुई घर पर मात्रै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप