इतिहासमा आज – मक्कादेखि मदिनासम्म मोहम्मदको हिजरत
आज २४ सेप्टेम्बर । सन् ६ सय २२ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर महोम्मदले मक्कादेखि मदिनासम्म हिजरत (धार्मिक यात्रा) पूरा गरेका थिए । मोहम्मद आफ्नो समयका प्रभावशाली धार्मिक, राजनीतिक तथा सामाजिक नेता हुन् । मक्कामा उनको जन्म ५ सय ७० मा भएको थियो । उनी जन्मनुअघि नै बाबुको निधन भइसकेको थियो, ६ वर्षको छँदा आमाको निधन भयो । ८ वर्षको छँदा हजुरबुबाको निधन भएपछि मोहम्मदलाई हुर्काउने काम काका अबु तलिबले गरे । सुरुमा मक्कामै बसेर मोहम्मदले व्यापार गरिरहेका थिए । यसक्रममा उनी एक सत्यवादी तथा इमान्दार व्यक्तिका रुपमा प्रसिद्ध थिए । ४० वर्षको उमेरमा उनले नुबुवत (आफू अल्लाहको नबी तथा रसूल (सन्देष्टा) भएको कुरा) अरु सामु घोषणा गरेका थिए । त्यसपछि उनलाई इस्लाम धर्मावलम्बीहरुले अल्लाहका सन्देष्टा भनेर अनुसरण गर्न थाले।
मक्कामा उनले झन्डै १ सयको हाराहारीमा आफ्ना अनुयायीहरु बनाएका थिए । तर, यी अनुयायीहरुलाई त्यहाँ कडा यातना दिइयो, महोम्मदकै हत्याको षडयन्त्र भयो । त्यसपछि उनी मदिनातर्फ लागे ।
२४ सेप्टेम्बरमा उनले हिजरत अर्थात मदिनाको यात्रा पुरा गरे, जहाँ भव्य स्वागत भयो । यहाँ उनले आफ्नो अनुयायीहरुलाई संयोजित गरे, त्यसैले यस दिनलाई ईस्लाम धर्ममा महत्त्वपूर्ण दिनका रुपमा लिइन्छ । यसै दिनलाई ‘पहिलो दिन’ मानेर केहीपछि ईस्लामिक क्यालेन्डर ‘हिजरी’ जारी भएको थियो । मदिनामा मोहम्मदले ईस्लाम धर्मको खुबै प्रचार गरेका थिए, यहाँ हजारौँ मानिसहरुले धर्म अपनाएर मोहम्मदलाई सन्देष्टा माने ।
६ सय ३० तिर मोहम्मद आफ्ना अनुयायीहरुको ठूलो संख्यासहित जन्मस्थल मक्का यात्रामा फर्किए, भनिन्छ यस यात्रामा १० हजार जना सहभागी थिए, मोहम्मदले सबैप्रति स्नेह र दयाभाव प्रकट गरेका थिए ।
अन्य घटनाक्रम
सन् १९४८ – होन्डा मोटर कम्पनीको स्थापना ।
सन् १९९३– कम्बोडियामा राजतन्त्र पुनस्र्थापना, नोरोडोम सिहानुक राजगद्दीमा ।
सन् २००७ – बर्माको यागुंनमा सरकार विरोधी प्रदर्शन, २० वर्षयताकै शक्तिशाली प्रदर्शनमा ३० हजारदेखि १ लाख मानिस सहभागी ।
सन् २००७– भारतलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकपको उपाधि ।
सन् २०१३– दक्षिणी पाकिस्तानमा ७ दशमलव ९ म्याग्नेच्युडको भूकम्प, कम्तिमा ३ सय २७ व्यक्तिको मृत्यु ।
२०१५– साउदी अरेबियामा हजका दौरान कम्तिमा ११ सय व्यक्तिको मृत्यु, ९ सय ३४ जना घाइते ।
*यसअघि केही तथ्यगत त्रुटि भएकामा क्षमायाचनासहित सच्याइएको छ
रातोपाटीको नीति कुनै धर्मजाति, सम्प्रदायको भावनामाथि ठेस पुर्याउने नरहेको जानकारी गराउँदछौं । यसअघि राखिएको मोहम्मदको प्रतिकात्मक फोटो पनि पाठकहरुको प्रतिक्रियाको सम्मान गर्दै सच्याइएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
शिक्षाध्यक्षको कार्यकक्ष अगाडि धर्ना बसेका संयुक्त विद्यार्थी संगठनसँग ९ बुँदे सहमति
-
अन्तर्राष्ट्रिय मामिलामा ओली र प्रचण्ड उभिए एकैसाथ
-
सहकारी अध्यादेश कार्यकर्ता बचाउने खेल भएको सहकारी पीडितको आरोप
-
समितिबाट ८ महिनासम्म पनि विधेयक पास हुन नसक्नु लज्जाको विषय : मन्त्री भण्डारी
-
विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ
-
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता