मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको कोरोना अस्पतालमा दुईजनाको मृत्यु

बिहीबार, ०८ असोज २०७७, ०८ : ३२
बिहीबार, ०८ असोज २०७७

बुटवल – बुटवलको कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु भएको छ । 

मृत्यु हुनेमध्ये एकजना नवलपरासी पश्चिम रामग्रामका र अर्का कपिलवस्तुको बुद्धभूमि  नगरपालिकाका हुन् । 

असोज २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षिय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । 

यस्तै, असोज १ गते अस्ताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

रामग्रामका संक्रमित कलेजो र मिर्गौलाका तथा कपिलवसतुका संक्रमित मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका डा. गौतमले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप