स्याङ्जा पहिरो अपडेट : १० जनाको शव निकालियो, १ जनाको जिवितै उद्धार

काठमाडौं । स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण १० जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।
गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । प्रहरीले उनको शव निकालेको छ ।
एकै घरमा ९ जनाको मृत्यु
यता, स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरोले पुरिएर एकै घरमा ९ जनाको मृत्यु भएको छ । घट्नास्थलबाट १६ वर्षीया मनिषा नेपालीको जिवित उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए । मनिषालाई थप उपचारका लागी गाण्डकी मेडिकल कलेज पोखरा तर्फ पठाइएको छ ।
पहिराले पुरेको स्थानीय माया नेपालीको घरबाट सुरक्षाकर्मी र स्थानीयले ९ जनाको शव निकालेका छन् । पहिरोले पुरिएर २७ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षिया स्यानी नेपाली र ९ वर्षीय बालक विवश नेपाली, १४ वर्षीय विक्रम भनिने शिशिर नेपाली र १९ वर्षीया विनिता नेपाली, २२ वर्षीय कुलदीप नेपाली र ५ महिनाको बच्चा कबिर नेपालीको मृत्यु भएको छ ।
बिहान साढे ५ बजे खसेको पहिरोले एकै घरका १० जनालाई पुरेको स्याङ्जाका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेन्द्र प्रसाद अधिकारीले रातोपाटीलाई बताए । १० जनामध्ये ९ जना एकै परिवारको सदस्य र एक जना पाहुना रहेको स्थानीयले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने