मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रकुल प्रित, सुशान्तकी म्यानेजरलाई ड्रग्स मामिलामा आज सोधपुछ गरिँदै, दीपिकाको पालो शुक्रबार

बिहीबार, ०८ असोज २०७७, ०८ : १६
बिहीबार, ०८ असोज २०७७

सुशान्त सिंह राजपूतको मृत्युपछि ताथाकथित बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको नरकोटिक्स कन्ट्रोल ब्यूरोले थुप्रै बलिउड सेलिब्रिटीलाई सोधपुछका लागि समन पठाएको छ ।

रकुल प्रित सिंह, सुशान्तकी म्यानेजरको रुपमा काम गरेकी श्रुती मोदी र डिजाइनर सिमाने खम्बाटालाई आज (बिहिबार) सोधपुछका लागि बोलाइएको छ ।

 पिटिआईका अनुसार एनबीसीका वरिष्ठ अधिकारीले दीपिका पादुकोणलाई सोधपुछका लागि शुक्रबार पेश हुन आदेश दिएको जानकारी दिएका छन् ।

यस्तै सारा अली खान र श्रद्धा कपुरलाई २६ सेप्टेम्बर अर्थात् शनिबार बोलाइएको छ ।

यसअघि दीपिका पादुकोणकी म्यानेजर करिश्मा प्रकाशलाई पनि अनुसन्धानका लागि बोलाइएको थियो तर उनको स्वास्थ्य खराब भएका कारण उनले थप समयको माग गरेकी छिन् ।

अधिकारीका अनुसार उनलाई शुक्रबार उपस्थित हुन भनिएको छ । एनसीबीको स्रोत अनुसार प्रकाशको ह्वाट्सएप च्याटमा ड्रग्सबारे गरिएको कुराकानी भेटिएको थियो ।

ड्रग्स खरिद प्रकरणमा हालसम्म बलिउडका थुप्रै सेलिब्रिटीको नाम आइसकेको छ ।

 यसअघि नार्कोटिक्स कन्ट्रोल क्यूरोले आठ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई ड्रग्स केसमा पक्राउ गरेको थियो ।

मिडिया रिपोर्टमा अभिनेत्री दिया मिर्जाको ड्रग्स मामिलामा नाम आएपछि उनले आफूले कहिले पनि ड्रग्सको सेवन नगरेको भन्दै खबरको खण्डन गरिन् । यसबाहेक उनले यो मामिलामा कानूनी कारवाहीको कुरा पनि गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप