अमेरिकामा सरोज खनालको निर्देशनमा लघु चलचित्र ‘छाउ पीडा’
डिसी – अमेरिकाको बसाईलाई भरपुर सदुपयोग गर्दै नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा अभिनेता सरोज खनालको निर्देशनमा पहिलो लघु चलचित्र ‘छाउ पीडा’ निर्माण भएको छ ।
बिश्व भर कोरोना महामारीको कारण बन्दाबन्दीमा अमेरिका आई पुगेका खनालले अमेरिकामा जन्मेका र सानोमा अमेरिका आएका दोश्रो पुस्ताका बालिकाहरुलाई उक्त लघु चलचित्र ‘छाउ पीडा’मा अभिनय गराएका छन् ।
अभिनेता खनालले कहिले अभिनय नगरेका र नेपाली भाषा सम्म राम्रो बोल्न समेत नजान्ने बालिकाहरुले उक्त लघु चलचित्रमा सशक्त अभिनय गरेकोमा हर्ष व्यक्त गरेका छन् ।
उक्त लघु चलचित्रमा अभिनय गर्न वरिष्ठ कलाकार खनालले हामीलाई अवसर दिनु भएकोमा किशोरीरहरुले धन्यबाद दिएका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टरको ब्यानर (निर्माण)मा बनेको पहिलो लघु चलचित्र छाउ पीडा हो ।
नेपाली कला संस्कृतिको जगेर्ना गर्दै नृत्य विधालाई अंगाल्दै आएको यस डान्स सेन्टरका प्रशिक्षार्थीहरु नृत्यमा मात्र नभई अभिनयमा पनी त्यतिकै पोख्त रहेको कुरा निर्देशक सरोज खनालले बताए ।
सन् २०१७ मा स्थापित केसी डान्स सेन्टरका संस्थापक नृत्य निर्देशक द्वय नविन केसी तथा लुना श्रेष्ठ हुन् भने यस चलचित्रमा अभिनय गर्ने सबै कलाकारहरु यसै नृत्य केन्द्रका शिष्यहरु हुन् ।
उक्त चलचित्रमा कलाकारहरुमा अङ्किता कोइराला,रोमा भण्डारी,दिप्ती अधिकारी ,आयुषा ढकाल ,रिया श्रेष्ठ तथा रिचा ढकाल रहेका छन् । त्यसै गरि आमाको भूमिकामा रिमा केसी तथा रुबिना प्रजापति श्रेष्ठको पनि अहम भूमिका रहेको छ ।
यस चलचित्रको निर्माण गर्ने कार्यमा यमन राज श्रेष्ठले बिसेष सहयोग गरेका छन । यो चलचित्र छिट्टै केसी डान्स सेन्टरको युट्युबमा सार्वजनिक हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वडा सदस्य महतोको लोभलाग्दो मेवाखेती
-
समस्याग्रस्त सहकारीको व्यवस्थापन गर्न बनेको समिति नै समस्यामा
-
अमेरिकामा पनि भव्यताका साथ मनाइयो बिस्का जात्रा (तस्बिरहरू)
-
लोकमार्गसँग जोड्ने लक्ष्मीमार्ग धमाधम कालोपत्र
-
गण्डकीका योजनामा व्यक्तिस्वार्थ चर्को, छुट्याउन सरकारलाई सकस
-
सिराहा प्रादेशिक अस्पतालमा चिकित्सकको नियमित सेवाको माग