बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीमा कोरोनाबाट सरकारी कर्मचारीको मृत्यु

बिहीबार, ०८ असोज २०७७, ०७ : ५५
बिहीबार, ०८ असोज २०७७

काठमाडौं – कोरोना भाइरस संक्रमणका कारण सप्तरीमा सरकारी कर्मचारीको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा कार्यरत सत्यनारायण यादवको मृत्यु भएको सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले रातोपाटीलाई बताए । 

सत्यनायारायण जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी हुन् । प्रमुख जिल्ला अधिकारीको भान्से समेत रहेका सत्यनारायणलाई कर्मचारीले ‘काका’ भनेर बोलाउँथे ।
 
११ दिनअघि उनको स्वाव परिक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । 

उनलाई राजविराज स्थित साईकृष्ण मेडिकल कलेज भवनको आईसोलेशनमा राखिएको थियो । उनको गएराती मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप