कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी
काठमाडौं – नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र हाल कायम गुटसमेत फुट्ने देखिएको छ ।
संस्थापन मानिएको समूहबाट आगामी महाधिवेशनका लागि सभापति देउवा, उपसभापति विमलेन्द्र निधि र नेता गोपालमान श्रेष्ठले तयारी अघि बढाएका छन् । यसैगरी इतर समूहबाट वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला र अर्का नेता अर्जुननरसिंह केसीले तयारी गरिरहेका छन् ।
यसैगरी कांगेसभित्रको तेस्रो धारका रूपमा रहेको सिटौला समूहबाट नेता सिटौला र युवा नेता गगन थापाले पार्टी नेतृत्वका लागि तयारी गरिरहेका छन् ।
सभापति देउवाले पार्टी नेतृत्वका लागि पुनः एक पटक इच्छा देखाउँदै सोहीअनुसारको तयारीमा नेता कार्यकर्तालाई तयार गरिरहेका छन् भने गत सोमबार भएको एक भर्चुअल कार्यक्रममा समेत आउँदो निर्वाचनमा पार्टीलाई आफूले पहिलो बनाएरै छाड्ने भन्दै नेतृत्वका लागि संकेत गरेका छन् ।
यसैगरी, सो समूहबाट नेता गोपालमान श्रेष्ठले समेत आफू पनि सभापतिमा उठ्ने तयारी गरिरहेको बताउँदै आइरहेका छन् । उनले बुधबार राजधानीले गरेको प्रश्नमा समेत आफू सभापतिमा उठ्ने बताए ।
यसैगरी संस्थापन समूहकै नेता तथा उपसभापति विमलेन्द्र निधिले समेत आफूलाई पार्टी नेतृत्वका लागि दाबी अघि सारी सकेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी कार्यव्यवस्था परामर्श समितिकाे बैठक सुरु
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
रूसी सेनामा रहेका नेपालीका परिवारद्वारा धर्ना सुरु (तस्बिरहरु)
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
नेपालमा सांस्कृतिक कूटनीति : जनसम्पर्क बढाउन महोत्सव र मेला
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच