शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट भारतीय राज्यमन्त्रीको निधन

बिहीबार, ०८ असोज २०७७, ०० : १२
बिहीबार, ०८ असोज २०७७

एजेन्सी । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको बुधबार निधन भएको हो । मन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । 

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । उनले बुधबार ट्वीटरमार्फत भनेका छन्ः ‘सुरेश अंगडी भाजपाका एक प्रतिबद्ध  कार्यकर्ता थिए । उनले कर्नाटकमा पार्टीलाई मजबुत बनाउन कडा मिहेनत गरेका थिए । उनी एक समर्पित सांसद मात्र थिएनन् एक प्रभावशाली मन्त्री समेत थिए । उनको निधनको खबर निकै दुःखदायी छ । यस दुःखको घडीमा म उनका परिवारप्रति समवेदना दिँदै उहाँहरुको साथमै रहेको जानकारी गराउन चाहान्छु । ओम शान्ति ।’ 

उनको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्दले पनि दुःख प्रकट गरेका छन् । मन्त्री अंगडी कर्नाटकको बेलगाउँबाट १७ औं लोकसभामा निर्वाचिन भएका थिए । उनलाई प्रधानमन्त्री मोदीले रेल राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप