साउदी अरबद्धारा तीन देशमाथि यात्रा प्रतिबन्ध
बुधबार, ०७ असोज २०७७, २३ : ५५

एजेन्सी । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि प्रतिबन्ध लगाएको जनाएको छ । कोभिड १९ को संक्रमणको कारण देखाउँदै साउदी अरबले बुधबार सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको छ ।
भारत, ब्राजिल र अर्जेन्टिनालाई साउदी अरबले प्रतिबन्ध लगाएको हो । त्यसैगरी ती देशका साउदी अरबका नागरिकलाई पनि जान नदिनइने गरी उडान पनि बन्द गरेको बताइएको छ । तर यो यात्रा प्रतिबन्धमा सरकारी कामकाज र यसका लागि गरिने आमन्त्रणहरुलाइ भने समावेश गरिएको छैन ।
पछिल्लो समयमा त्यहाँ कोभिडका संक्रमित बढ्दै गएपछि यो प्रतिबन्धको घोषणा बुधबारदेखि लागू हुने गरी गरिएको छ । साउदी अरबमा तीन लाख भन्दा बढी कोरोना भाइरसका संक्रमितहरु रहेका बताइएको छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे