केन्द्रीय संस्करण

प्रदेश २ का मन्त्रीले गरे सरकारी गाडी दुरुपयोग

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ । छोरा शैलेशकुमार साहलाई कोरोना संक्रमण भएको पुष्टि भएलगत्तै उनले काठमाडौंको सुविधासम्पन्न अस्पतालमा उपचार गराउन लैजान मन्त्रालयको गाडी दुरुपयोग गरेको पाइएको हो । प्रादेशिक अस्पताल जनकपुरमा भेन्टिलेटरको अभावका कारण उनको उपचार हुन नपाएपछि मन्त्रालयकै गाडीमार्फत शैलेशलाई काठमाडौं पुर्याएका थिए ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुखसमेत रहेका  शैलेशकुमार मन्त्रालयको गाडी प्रयोग गरेर काठमाडौं पुगेका छन् भने बिरामीसँग जाने स्वास्थ्यकर्मीको टिम एम्बुलेन्समा गएको श्रोतले जनाएको छ ।
मंगलवार नै कोरोना पोजेटिभ पुष्टि भएका शैलेसलाई ज्वरो र श्वाँस प्रश्वासमा समस्या भएपछि जनकपुरधामस्थित प्रादेशिक कोभिड १९ विशेष अस्पतालमा उपचार भइरहेको थियो । तर मंगलवार उनलाई निमोनिया सहितको थप समस्या देखिएपछि काठमाडौं रेफर गरिएको थियो ।

अस्पताल श्रोतकाअनुसार बुधबार बिहान १२ बजे नै रेफर गरिएपनि भेन्टिलेटरसहितको एम्बुलेन्स नपाएपछि मन्त्रालयको गाडीमै उनलाई काठमाडौं पठाइएको हो । जनकपुरमा एम्बुलेन्स त पाइयो, तर उक्त एम्बुलेन्स आरामदायी नभएका कारण शैलेश जान मानेनन् । अन्ततः बुधबार बेलुका मन्त्री साहले मन्त्रालयकै गाडीबाट उनलाई काठमाडौं पठाएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले जानकारी दिए । 

प्रत्यक्षदर्शीकाअनुसार मन्त्रीका छोरा बसेको सेतो प्लेटको स्कार्पियो गाडी र एम्बुलेन्ससहित थप दुईवटा मन्त्रालयका गाडी पनि काठमाडौं पठाइएको छ । एक एम्बुलेन्स चालककाअनुसार धनुषामा रहेका एम्बुलेन्समध्ये  २ वटा एम्बुलेन्सलाई दैनिक रुपमा कोरोना संक्रमित बिरामी बोक्नका लागि तयारी अवस्थामा राखिएको छ  । तर ती एम्बुलेन्समा मन्त्रीका छोरा जान नमानेपछि मन्त्रालयको गाडीमार्फत पठाइएको जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.