मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

पृथ्वी राजमार्गको कुरीनटारमा पहिरो

बुधबार, ०७ असोज २०७७, २२ : १९
बुधबार, ०७ असोज २०७७

चितवन । पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्ड अन्तर्गत कुरीनटारमा पहिरो खसेको छ । आज साँझ ६ः३० वजे पहिरो खसेसँगै सडक अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार सो ठाउँको पहिरो रातिनै पन्छाउने प्रयास गरिनेछ । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चार किलो र पाँच किलोमा पहिराका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याईएको  छ ।

ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ती स्थानमा दिउँसो ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । साँझ सातबजे बाट दुबै ठाउँमा सडक एकतर्फी सञ्चालनमा आएको भट्टले जानकारी दिए ।दुई दिन यताको निरन्तर वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्ड र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो खस्ने क्रम जारी रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप