केन्द्रीय संस्करण

समकालीन सात कविका 'यतै कतै' बजारमा

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

समकालीन सात कविका संयुक्त कविता संग्रह 'यतै कतै' बजारमा आएको छ । संग्रहमा  कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । 

आ-आफ्नो क्षेत्रमा स्थापित सातै कविहरु नेपाली कविताको शक्ति, शौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् । उनीहरुका कवितामा देशको पछिल्लो तस्वीर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र सम्भावनाको अनन्त उज्यालो पढ्न सकिन्छ । 

द्वन्द्वको घाउ र राजनीतिक पटाक्षेपसँगै मानिसको बााच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ । 
विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरुले नेपाली कविताका पारखीहरुलाई सन्तुष्ट पार्ने प्रकाशकको विश्वास छ । समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरुको काव्यिक सोचको एकमुष्ट साक्षीको रुपमा 'यतै कतै' कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य विसीले जनाएका छन् । किताबको मूल्य तीन सय रुपैयाँ तोकिएको छ । 

कविताको क्षेत्रमा स्थापित यी सात कविहरुले 'पी सेभेन' समूह गठन गरि कविताको अध्ययन, अनुसन्धान र अनुवादका कामहरु गर्ने जनाएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.