केन्द्रीय संस्करण

उपप्रम पोखरेलद्वारा कोरोनाबारे प्रभावकारी रणनीति प्रस्ताव तयार गर्न सिसिएमसीलाई निर्देशन

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

उपप्रधानमन्त्री ईश्वर पोखरेललें कोभिड–१९ संङ्कट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)लाई सङ्क्रमण रोकथाम प्रतिकार्यका लागि प्रभावकारी  रणनीति प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

कोभिड–१९ महामारी नियन्त्रण प्रतिकार्यमा हालसम्म गरिएका कार्यको समीक्षा, भविष्यको प्रक्षेपण र  लिनुपर्ने रणनीतिबारे केन्द्रले तयार गरेको वर्तमान वस्तुस्थितिको विश्लेषणसहितको प्रस्तुतीकरण  सुनेपछि उनले उक्त निर्देशन दिए ।

छाउनीस्थित उक्त केन्द्रमा बुधबार भएको बैठकमा सेवा प्रदायक संस्थाका प्रतिनिधिसँग पनि छलफल गरी रायसुझाव लिइएको जानकारी प्राप्त भएको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय एवं केन्द्रका पदाधिकारी सहभागी थिए ।

यसैबीच मुलुकमा कोभिड–१९का सक्रिय बिरामीको सङ्ख्या २५ हजार नाघेका खण्डमा पुन बन्दाबन्दी गर्नुपर्ने अवस्था आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल मुलुकमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ तथा कोभिड–१९ बाट ज्याउन गुमाउनेको सङ्ख्या ४२९ पुगिसकेको छ ।
 
मुलुकमा  हालसम्म नौ लाख ३४ हजार ९७७ जनाको स्वास्थ्य परीक्षण गरिएकामा ६६ हजार ३३२ मा कोरोना पुष्टि भएको थियो । तीमध्ये हालसम्म ४८ हजार ६१ जना निको भएर घर फर्किसकेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.