मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनबाट स्वास्थ्य सामग्री नेपाल भित्रियो

बुधबार, ०७ असोज २०७७, २१ : १४
बुधबार, ०७ असोज २०७७

रसुवागढी नाकाबाट आज अपराह्न स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ । चीनबाट आयात भएका दुई ट्रक  स्वास्थ्य सामग्री नेपाल भित्रिएका हुन् । 

आयात भएका ती सामग्रीको  भन्सार जाँच गर्ने कार्य आजै सम्पन्न भई दुवै ट्रक गन्तव्यतर्फ पठाइसकिएको  जानकारी रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिए ।

अन्य सामग्री आयातका लागि सीमा क्षेत्रका चिनियाँ अधिकारीसँग समन्वय भइरहेको र बिहीबार पाँच ट्रक विविध सामग्री  रसुवागढी आइपुग्ने जानकारी आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप