इन्फिनिक्सको उत्कृष्ट फोटोग्राफी र भिडियोग्राफी क्षमताको नोट ७ सिरिज नेपालमा

काठमाडौं । इन्फिनिक्स मोबाइलले हालसालै नयाँ नोट७ सिरिज बजारमा ल्याएको छ । बजारबाट सकारात्मक प्रतिक्रिया पाएको यस फोनको बिक्री र ग्राहक सन्तुष्टीले उल्लेखनिय प्रतिफल प्राप्त गरेको विश्वास लिइएको छ ।
इन्फिनिक्सका लागि नेपालको वितरक ओला इलेक्ट्रोनिक्सले नोट ७ को ओ संस्करण (६ जिबी र १२८ जिबी)लाई निकै नै प्रतिस्पर्धात्मक मूल्य २३ हजार नौं सयमा बजारमा भित्र्याएको छ । यस फोन फरेस्ट, ग्रिन र वोलिभिया ब्लु कलरसहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध रहेको जानकारी दिएको छ ।
लामो समयको प्रतिक्षापश्चात् इन्फिनिक्सको नोट ७ बजारमा भित्रिएको हो । मोबाइल फोटोग्राफीमा आफ्नो छुट्टै इतिहास कायम गरिसकेको इन्फिनिक्सको यस फोनको प्रतिक्षाको मुख्य कारक पनि यस फोनको क्यामरा हो । यस इन्फिनिक्स नोट७मा ४८ एमपी क्वाड लो लाइट क्यामरा रहेको छ । समय र यसको मागअनुरुप इन्फिनिक्सले आफनो फोनको क्यामरा र भिडियोलाई परिमार्जित गरि अझ स्तरिय बनाएको छ ।
उच्चस्तरिय क्यामराको साथै यस फोनमा हाई स्पिड हेलियो जी७० प्रोसेसर, ५०००को ठूलो ब्याट्रइसहितको इन्फिनिटी ओ डिस्प्ले भएकोले तस्बीरलाई अझ सुन्दर बनाउँदछ । बहुमुखी ४८ मेगापिक्सेल क्वाड क्यामेरा र लो लाइट क्यामरा टेक्नोलोजी भएकोले नै यो फोन बिक्रीको मुख्य कारण रहेको जनाइएको छ । यसका साथै यसमा रहेको अन्य विविध विशेषताले पनि यस फोनलाइ प्रतिस्पर्दी माझ अग्रपंत्तीमा राखेको छ ।
यस फोनमा रहेको बहुमुखी क्यामराको विशेषताले यस फोनलाइ जस्तोसुकै लाइट अवस्थामा पनि उच्च प्रतिफल दिनेछ भने यसमा रहेको क्वाड क्यामेरा र विविध सेन्सरले ग्राहकलाई उच्च प्रतिफल प्राप्त गर्ने विश्वास लिइएको छ ।
इन्फिनिक्स नोट७ प्रतिको माग र आवश्यकता ग्राहकहरुका रुचाइ प्रति कम्पनीले आभार प्रकट गरेको छ । कम्पनीको अनुरुप आउने दिनहरुमा सेवालाई अझ प्राथमिता दिई ग्राहकहरुलाई विश्वसनिय सेवा दिन कुनै कसर नछोड्ने जानकारी दिएको छ ।
मूल्य
कम्पनीले नोट ७(४जिबी र्याम र १२८जिबी मेमोरी)को मूल्य २१ ह्जार नौं सय ९९ तोकेको छ भने नोट७ (६जिबी र्याम र १२८ जिबी मेमोरी)लाई निकै नै प्रतिस्पर्धात्मक मूल्य २३ हजार नौं सय ९०मा बजारमा भित्र्याएको छ । यस फोन फरेस्ट, ग्रिन र वोलिभिया ब्लु कलरसहित रिफ्लेक्टिभ ग्लासमा उपलब्ध छ । कम्पनीले ह्याण्ड सेटका लागि १ वर्ष, ब्याट्री र चार्जरका लागि ६महिनाको वारेन्टी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिजरमा यस्तो देखियो हरिवंश अभिनीत फिल्म ‘भूठान’
-
एकीकृत समाजवादीमा निराशा, हतासा, अन्योल र पलायनको समस्या
-
एलन मस्क एक्समा एक दिनमै १५४ वटा पोष्ट गर्न कसरी भ्याउँछन् ?
-
फेब्रुअरी २५ मा युनको महाभियोग मुद्दाको अन्तिम सुनुवाइ हुने
-
केराउको एउटा दानाले लियो डेढ वर्षीय बालकको ज्यान
-
जेलेन्कस्कीसँग निराश छन् ट्रम्प, खनिज सम्झौता गर्नुपर्ने