कर्णाली प्रदेशका सत्तारुढ सांसद कँडेलले विपक्षी दलको नेताको सुविधा नलिने
कर्णाली प्रदेशसभा सदस्य एवं नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कँडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा–सुविधा फिर्ता गरेका छन् । उनले प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा–सुविधा फिर्ता गर्दै प्रदेशसभा सदस्यको हैसियतले पाउने सुविधा मात्र उपलब्ध गराउन माग गरे ।
“प्रदेश सरकारको २०७५ असार १६ गतेको निर्णय अनुसार सेवा–सुविधा लिइरहेकामा आर्थिक वर्ष २०७७ साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐन अनुसार मात्र सेवा–सुविधा उपलब्ध गराउन अनुरोध गर्दछु,” प्रदेशसभा सचिवालयमा कँडेलले दर्ता गराएको पत्रमा उल्लेख छ ।
प्रदेश सरकारले पूर्व सङ्घीय मन्त्रीसमेत रहेका कँडेललाई विपक्षी दलको नेता सरहको सुविधा उपलब्ध गराउने निर्णय गरेको थियो । महालेखा परीक्षकको प्रतिवेदनले प्रदेशसभा सदस्य कँडेललाई कानुन विपरीत सेवा सुविधा दिएको ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा कार्यक्रम राष्ट्रिय गौरवको अभियान : प्रधानमन्त्री
-
अनुदानको लोभमा विवाहित बहिनी र दाइको बिहे
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु
-
नेसपा बाबुराम भट्टराई पक्षले पारित गरेको समसामयिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
-
बहुमत जुटाउन महिन्द्र पक्षको हस्ताक्षर अभियान, तस्बिरहरू हेर्नुहोस्
-
गोकुलको प्रश्नमा प्रधानमन्त्रीको जवाफ : जग्गाधनी प्रमाणपत्र वितरणका बाँकी काम शीघ्र सम्पन्न हुन्छ(भिडियो सहित)