केन्द्रीय संस्करण

विद्युत प्राधिकरणको जीप बाढीले बगायो, चालकको मृत्यु, कार्यालय प्रमुखसहित २ जना बेपत्ता

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

बुटवल ।  कपिलबस्तुको बनगाई–डोहोटे सडकखण्ड अन्तर्गत कोइली खोला कजवे पुलमा विद्युत वितरण केन्द्र गजहेडाका कर्मचारी सवार पजेरो जीप खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । वर्षाका कारण कोइली खोलामा आएको बाढीले बुधबार दिउँसो जीप बगाउँदा एकजनाको मृत्यु भएको भएको र दुईजना बेपत्ता भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौड्यालले रातोपाटीलाई जानकारी दिए ।

मृत्यु हुनेमा जिप चालक ३५ वर्षीय माधवप्रसाद पाण्डे रहेका छन् भने वेपत्ता हुनेमा विद्युत वितरण केन्द्र ४ नम्बरका प्रमुख कृष्णप्रसाद पौडेल र अर्का स्थानीय केशव भाटक्षेत्री रहेका छन् । वाणगंगा नगरपालिका वडा नं. ९ भलवाडमा रहेको कजवे पुलमा आएको बाढीले विद्युत प्राधिकरण कर्मचारीसहित ६ जना सवार बा. १ च. १०८९ पजेरो जीप बगाएको प्रमूख जिल्ला अधिकारी पौडेलले बताए ।

पानीको बहाव धेरै भएकोले गाडी बगाएको र  दुर्घटना हुनुभन्दा पहिले नै अन्य ३ जनाले भने हाम फालेर ज्यान बचाएका छन् । चालक पाण्डेको शव भेटिएको छ भने वेपत्ताहरुको खोजविनका लागि थप सेना र प्रहरीको टोली घटनास्थलमा पुगेको  छ ।  प्रमुख जिल्ला अधिकारी पौड्यालले आज रातभर बेपताहरुको खोजी गर्ने बताए । विद्युतका कर्मचारी विजय पोखरेल, परशुराम थारु र स्थानीय शिक्षक कोपिला अधिकारी पौडी खेलेर बाच्न सफल भएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.