परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले–‘नेपाल चीनबीच कुनै सीमा विवाद छैन’
![परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले–‘नेपाल चीनबीच कुनै सीमा विवाद छैन’](https://rpcdn.ratopati.com/media/albums/pradip_NHAROdjKd4.png)
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमीमा चीनले भवन बनाएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार साँझ मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्थलगत अध्ययनका लागि गएको टोली फर्केर आएपछि सत्यतथ्य जानकारी गराउने उल्लेख गरे ।
उनले सीडीओको टोली स्थलगत अध्ययनका लागि गएको र सत्यतथ्य आउने उल्लेख गरे । २०७३ सालमा पनि यस किसिमको समाचार आएपछि गृह, परराष्ट्र मन्त्रालय र नापी विभागले अध्ययन गरेको र सो टोलीले नेपालको सीमाभन्दा एक किलोमिटर भित्रनै बनाएको प्रतिवेदन दिएको उल्लेख मन्त्री ज्ञवालीले जानकारी दिए । उनले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको र त्यसखालका हल्ला आउँदा आधिकारिक स्रोतका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे ।
यस्तै नेपाल–चीन नाका रसुवागढी नाकामा नेपाली सामान रोकिएकोबारे कुटनीतिक प्रयासबाट नाका खुलाउने सहमति भएको मन्त्री ज्ञवालीले जानकारी दिए । आज विबीसीजी खोपलगायतका सामग्री आएको र एक साताभित्र त्यहाँ रोकिएको सामग्री नेपाल आउन थाल्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
लुम्बिनी प्रादेशिक अस्पताल निर्माणबारे मुख्यमन्त्री आचार्यको चासो
-
यस्तो छ गोलरक्षक एञ्जिला अभिनीत फिल्म ‘अञ्जिला’को टिजर
-
एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भइरहेको छ : प्रधानमन्त्री ओली
-
मल वितरण प्रणाली निर्देशिका संशोधन कार्य अन्तिम चरणमा
-
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक