केन्द्रीय संस्करण
समाचार

परराष्ट्रमन्त्री ज्ञवालीले मुख खोले–‘नेपाल चीनबीच कुनै सीमा विवाद छैन’

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0
file photo

काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हुम्लाको लिमीमा चीनले भवन बनाएकोमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार साँझ मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले स्थलगत अध्ययनका लागि गएको टोली फर्केर आएपछि सत्यतथ्य जानकारी गराउने उल्लेख गरे । 

उनले सीडीओको टोली स्थलगत अध्ययनका लागि गएको र सत्यतथ्य आउने उल्लेख गरे  । २०७३ सालमा पनि यस किसिमको समाचार आएपछि गृह, परराष्ट्र मन्त्रालय र नापी विभागले अध्ययन गरेको र सो टोलीले नेपालको सीमाभन्दा एक किलोमिटर भित्रनै बनाएको प्रतिवेदन दिएको उल्लेख मन्त्री ज्ञवालीले जानकारी दिए । उनले चीन र नेपालबीच कुनै सीमा विवाद नरहेको र त्यसखालका हल्ला आउँदा आधिकारिक स्रोतका आधारमा मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरे । 

यस्तै नेपाल–चीन नाका रसुवागढी नाकामा नेपाली सामान रोकिएकोबारे कुटनीतिक प्रयासबाट नाका खुलाउने सहमति भएको मन्त्री  ज्ञवालीले जानकारी दिए ।  आज विबीसीजी खोपलगायतका सामग्री आएको र एक साताभित्र त्यहाँ रोकिएको सामग्री नेपाल आउन थाल्ने मन्त्री ज्ञवालीले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.