शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

द्रुतमार्गको कारण धानबाली गुमाएका बकैयाका किसानले क्षतिपूर्ति पाए

बुधबार, ०७ असोज २०७७, १९ : ४८
बुधबार, ०७ असोज २०७७

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौं–तराई द्रुतमार्ग’को निर्माण कार्यको प्रभावले धानबाली गुमाएका मकवानपुरको बकैयाका किसानलाई क्षतिपूर्ति दिइएको छ ।

नेपाली सेनाले बकैया गाउँपालिका–५ का २३ जना कृषकलाई क्षतिपूर्ति रकम दिएको हो । काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५ खण्डमा बर्षा र निर्माण प्रभावको कारण साउन ८ मा पहिरो खसेको थियो । सो पहिरोले स्थानिय किसानको धानबाली क्षती भयो ।

बालिनालीमा क्षति पुगेका किसानलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा क्षतिपूर्ति दिइएको सैन्य प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

वडा कार्यालयले गरेको क्षतिको मूल्यांकनका आधारमा ३ लाख १० हजार ७ सय रुपैयाँ सम्बन्धित किसानको बैंक खातामा पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप