शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाग्लुङमा पहिरोले भत्कायो गोठ, एक जना बेपत्ता

बुधबार, ०७ असोज २०७७, १९ : ४०
बुधबार, ०७ असोज २०७७

बाग्लुङ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका–२ भीमापोखरामा गोठ भत्किँदा एक जना बेपत्ता भएका छन् । अविरल वर्षात्का कारण गोठमाथिबाट पहिरो खस्दा पालाका टेकबहादुर खातीको गोठ पुरिएको र उनी सम्पर्कविहीन  भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।
 
रिजालका अनुसार गोठमा रहेका दुई भैंसी मरेका छन् । घटनास्थलमा उद्धारका लागि अछेते प्रहरीचौकीबाट प्रहरी घटनास्थलमा पुगेको तथा थप उद्धारका लागि प्रहरी निरीक्षक रिजालको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप