शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाले  दियो बालीनालीको  क्षतिपूर्ति

बुधबार, ०७ असोज २०७७, १९ : ०६
बुधबार, ०७ असोज २०७७

काठमाडौं । नेपाली सेनाले मकवानपुरको लालबकैया वडा नं ५ का २३ घरपरिवारलाई क्षतिपूर्तिवापत रु तीन लाख दश हजार  उपलब्ध गराएको छ ।

काठमाडौंँ–तराई–मधेश द्रुतमार्गको उक्त खण्डमा साउनको पहिलो साता भएको वर्षा र निर्माण क्रममा आएको पहिराबाट ती परिवारको बालीनालीमा क्षति पुगेपछि सेनाले सम्बन्धित व्यक्तिकै वैँक खातामा क्षतिपूर्तिको रकम उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उक्त क्षतिपूर्ति रकम सम्बन्धित वडा कार्यालयको सिफारिशमा उपलब्ध गराइएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप