शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जायज माग पूरा गरी डा. केसीको जीवन जोगाउन प्रधानमन्त्रीलाई काँग्रेसको अपील

बुधबार, ०७ असोज २०७७, १९ : ०२
बुधबार, ०७ असोज २०७७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षा गर्न प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपील गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै वार्ता टोली गठन गरेर डा. केसीसँग इमान्दार वार्ता र सार्थक कार्यान्वयनको तदारुकताका साथ प्रस्तुत हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । 

प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते सरकारले गरेको सम्झौता उल्लंघन हुँदा अहिलेको परिस्थिति आएको काँग्रेसले बताएको छ । 

काँग्रेसका पालमा बनेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यस बेलासम्म फरक उचाइमा पुगिसकेको हुने काँग्रेसले भनेको छ ।

 विज्ञप्तिमा भनिएको छ,  ‘डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठीक बाटोमा आउन’ संघीय सरकारलाई नेपाली काँग्रेस हार्दिक अपील गर्दछ ।’ साथै उसले काठमाडौं आएपछि जबरजस्ती ट्रमा सेन्टरमा लैजानुले सरकारको अविवेकी र अनुदार चरित्र थप उजागर भएको काँग्रेसले बताएको छ ।

२९ भदौमा  जुम्लामा १९ औं अनसन बसेका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालमा अनशनतर छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप