शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सूर्यविनायकमा मोटरसाईकल दुर्घटना, एक युवकको मृत्यु

बुधबार, ०७ असोज २०७७, १८ : ५२
बुधबार, ०७ असोज २०७७

भक्तपुर । अरनिको राजमार्गखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ घताले चोकमा दुई मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको छन् । घलातेमा बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते रामेछाप घर भएका २० वर्षीय अनिश श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको माटरसाइकलको उद्धार गर्न गएको भे ६प। ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते इलाम घर भएका २१ वर्षीय उज्ज्वल राई र २३ वर्षीय सुजल गहतराजको भक्तपुरको सल्लाघारीस्थित डा.इबामुरा मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप