शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारामा मोटरसाईकल दुर्घटना, २३ वर्षीय युवकको ज्यान गयो

बुधबार, ०७ असोज २०७७, १८ : ३२
बुधबार, ०७ असोज २०७७

बारा । बारामा मोटरसाईकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ । ज्यान जानेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ निवासी २३ वर्षीय अभिशेख महतो रहेको प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् । 

मंगलबार राती साढे ९ बजेको समयमा बाराको कलैया उपमहानगरपालिका ९ रामपुरमा रोकीराखेको बा.२० च. ४९९३ नम्बरको पिकअप गाडीमा कलैयाबाट बघवनतर्फ जाँदै गरेको भे. ६ प. ४३५७ नम्बरको मोटरसाईकल ठोक्किएको थियो । सो दुर्घटनामा गम्भिर घाईते भई उपचारका लागि कलैया अस्पतालमा ल्याउँदै गर्दा महतोको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल र गाडी प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । मृतकको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप