बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको वीर अस्पताल र केन्द्रीय कारागारको प्रष्टीकरण

बुधबार, ०७ असोज २०७७, १८ : २६
बुधबार, ०७ असोज २०७७

काठमाडौं । कैदीबन्दी रामलखन जैसवालको मृत्यु प्रकरणमा वीर अस्पताल र केन्द्रीय कारागार कार्यालयले मृत्यु शंकास्पद नभएको प्रष्टीकरण दिएको छ । 
असोज ३ गते राति ११ः ५५ बजे मृत्यु भएका जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको अस्पताल र केन्द्रीय कारागारले बताएको छ । घटनाका विषयमा जानकारी दिन आज भएको पत्रकार सम्मेलनमा जेलर लक्ष्मी प्रसाद बास्कोटाले तीनदिनदेखि मृतकको शव, शवगृहमा राख्दा शवमा फोकाहरु रहेको, सन्निएको तथा मुख र नाकबाट तरल पदार्थ देखिएको बताए ।

 शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा शवमा सो लक्षणहरु देखिएको उनले बताए ।  सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा हत्या गरी आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रमक समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले सिसिभिटी फुटेजबाट कारागारभित्र हत्या भएको भन्ने तथ्य गलत भएको र बाँकी पोष्टमार्टम रिपोर्ट पछि थाहा हुने बताए । 

वीर अस्पतालका निर्देशक डा. केदार प्रसाद सेन्चुरीले उपचारका लागि अस्पताल पु¥याइएका जैसवाल जिवित रहेको कुनै पनि लक्षण नरहेको बताए । अस्पतालमा कुनै पनि प्रकारको उपचार नभएपनि पोष्टमार्टम गर्नुपर्ने भएकाले कारागारको आग्रह अनुसार पीसीआर परीक्षण गरिएको बताए ।  वीर अस्पतालको शव राख्ने स्थान सामान्य कोठा भएको र गर्मी मौसम भएकाले शव सुनिने, फोका आउने, विभिन्न भागमा दाग देखिएको बताए ।  बाहिर आएजस्तो शरीरमा कुनै चोटपटक भएको, आँखा निकालिएको भन्ने कुरा सहि नभएको उनले बताए । 

अस्पतालको फरेन्सिक विभागमा कार्यरत डा. सुगम श्रेष्ठले तीन दिनपछि शव सुन्निएको, फोकाहरु देखिएको, मुख सुन्निएर चिन्नै नसकिने अवस्था भएको, जिब्रो बाहिर निकालेको र मुख र नाकबाट रगत बगेको देखिएको बताए । भित्रि समस्या के थियो भन्ने कुरा पोष्टमार्टमपछि थाहा हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप