बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डोनाल्ड ट्रम्प भन्छन्– कोरोनाले ३० लाखको मृत्यु हुनसक्थ्यो

बुधबार, ०७ असोज २०७७, १७ : ०९
बुधबार, ०७ असोज २०७७

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाटै २ लाखको मृत्यु हुनु लाजमर्दो विषय रहेको प्रतिक्रिया दिएका छन् । यद्यपि, सरकारले रोकथामका लागि सही प्रयास गरेकाले मृतकको संख्यामा कमी आएको उनको दाबी छ । ‘सरकारले रोकथाम प्रयास नगरेको भए संक्रमितको संख्या २०, २५ वा ३० लाखसम्म हुनसक्थ्यों,’ उनले भने, ‘हामीले देशलाई बन्द नगरेको भए अवस्था डरलाग्दो हुने थियोे । अहिले फेरि सुचारु भएको छ र स्टक मार्केट माथि पुगेको छ ।’
उनले भाइरसको फैलावटका लागि चीन जिम्मेवार रहेको आरोप लगाएका छन् ।  चीनले आफ्नो सीमा बन्द गरेको भए भाइरस अन्यत्र फैलन नपाउने ट्रम्पको तर्क छ । ‘यो निकै डरलाग्दो भाइरस हो । यस्तो अवस्था कहिल्यै आउन हुँदैन । चीनले यस्तो अवस्था आउन दियो,’ ट्रम्पले भनेका छन् । 

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख नाघेको छ भने संक्रमितको संख्या ७० लाख नाघिसकेको छ । अमेरिकापछि सर्वाधिक धेरै संक्रमित भारतमा छन् । त्यहाँ ५६ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, ब्राजिलमा ४५ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । भारतमा मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ भने ब्राजिलमा १ लाख ३८ हजारभन्दा धेरेको मृत्यु भइसकेको छ । 

त्यस्तै, रुसमा ११ लाखभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । यहाँ कोरोनाका कारण १९ हजारभन्दा धेरेको मृत्यु भइसक्यो । विश्वभर कुल ३ करोड १८ लाखभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ज्यान गुमाउनेको संख्या ९ लाख ७६ हजारभन्दा धेरै छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप