आज साँझ ७ बजे भर्चुअल माध्यमबाट सार्वजनिक हुँदैछ ‘यामाहा रे जेडआर १२५ एफआई’
काठमाडौं । यामाहा नेपालले नयाँ यामाहा ‘रे जेडआर १२५ एफआई’को भर्चुअल माध्यामबाट लन्च गर्ने भएको छ । आज साँझ ७ बजे नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ (लन्चिङ्ग) समारोह आयोजना गर्न लागिएको यामाहा नेपालले जनाएको हो ।
उक्त समारोह यामाहा नेपालको औपचारिक युट्युब च्यानलबाट प्रसारण हुनेछ । २०२० को यामाहा रे जेडआर १२५ एफआईमा बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू गरिएका छन् ।
सुविधाहरूको सन्दर्भमा ९थ्० आकारको लेड पोजिस्निङ्ग लाइट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्टर स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित सुरुवातको लागि, साइड स्ट्याण्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ्ग सिस्टम छन् । साथै, यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हल्का छ ।
समारोहमा सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ एफआइको अनावरण हुनेछ । जहाँ दर्शकहरुले यो नयाँ उत्पादनको बनावट र विशेषताहरुको अनुभव गर्न पाउनुका साथसाथै बिक्री शुभारम्भ समारोहको थ्रीडी अनुभवको माध्यमबाट नयाँ यामाहाको मुख्यमुख्य भागहरुमा गहन अध्ययन गर्न सक्नेछन् ।
यसका साथै यामाहा नेपालले सोही समारोहको दौरान सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआइका भाग्यशाली विजेताको नाम पनि घोषणा गर्नेछ । जसअनुसार यही विशेष थ्रीडी बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत् आफ्नो नाम दर्ता गराउनेहरुमध्येबाट एकजनालाई भाग्यशाली विजेता चयन गरिने कम्पनीले जनाएको छ ।
सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५को यो खास बिक्री शुभारम्भ समारोहलाई यामाहा नेपालको औपचारिक युट्युब च्यानल ‘यामाहा नेपाल’मा आज साँझ७ बजे प्रत्यक्ष प्रसारण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा भोगाधिकारमा अड्किँदा चार वर्षदेखि कृषि उपज केन्द्र अलपत्र
-
सर्लाहीको रामटोलमा आगलागी, ५ चौपाया मरे
-
बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध