बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहाका ५० वर्षीय पुरुषको कोरोनासंक्रमणबाट मृत्यु

बुधबार, ०७ असोज २०७७, १४ : २६
बुधबार, ०७ असोज २०७७

सिरहा जिल्लाको औरी–३ का ५० वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट बुधबार निधन भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए ।

मस्तिकमा पक्ष्यघात भएर पटक–पटक मृगिको दौरा आउने, टाउको दुख्ने उल्टी आउने भएर अस्पताल भर्ना भएका उनमा असोज ६ गते प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएपछि उनलाई न्यूरो अस्पताल विराटनगरले प्रतिष्ठान रेफर गरेको थियो । उनलाई सोही दिन भर्ना गरिएकोमा गत राति १२ः४५ मा उनको निधन भएको थियो ।

डा. सापकोटाकाअनुसार उनमा यसअघि पनि अन्य दीर्घरोग रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप