सहकारीले बढी ब्याज लिए विभागलाई भन्नसु, तत्काल कारबाही हुन्छः रजिष्ट्रार डा. पाण्डे

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीले ब्याजदर बढी लिएको थाहा पाए तत्काल कारबाही गरिने बताएका छन् । सरकारले सहकारीको सन्दर्भ ब्याजदर तोकेको छ । जसमा ऋणको ब्याजदर १४.७५ प्रतिशत भन्दा माथि लिन पाइने छन ।
यो ब्याजदर लागू नगर्ने सहकारीलाई कारबाही गरेरै छाड्ने डा. पाण्डेले बताए । सहकारी पत्रकार समाजले गरेर सहकारीमा सन्दर्भ ब्याजदर सम्बन्धी भर्चुअल बहसमा पाण्डेले ब्याजदर कार्यान्वयन नगर्ने सहकारी ल्याउन चुनौती दिँदै भने, ‘ब्याजदर कार्यान्वयनमा गएन भन्नु गलत हो । यदि कसैले कार्यान्वयन गरेका छैन भने हामीलाई त्यस्ता संस्था देखाउन आग्रह दिन्छु । मैले कारवाही गर्न सकिनँ भने सरुवा गरिदिन आग्रह गर्छु । ’
विगतमा सन्दर्भ ब्याजदर कर्याान्वयन नगरेको दुई सहकारीलाई कारबाही गरेको बताउँदै फेरि त्यस्ता सहकारीबारे विभागलाई जानकारी दिन पनि उनले भनेका छन् ।
सहकारी ऐनर नियमावली व्यवस्था अनुसार सन्दर्भ ब्याजदर कार्यान्वयन गरिएको उनको भनाइ छ ।
यता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले कम्तिमा लघुवित्तकै हाराहारीमा ब्याजदर कायम गरिनुपर्ने बताए । लघुवित्तमा अहिले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाइन ेछैन । महासंघका अध्यक्ष कंडेल यसलाई पुनर्विचार गरी लागु गर्ने समय तिन महिना राख्नुपर्ने बताए । नयाँ सन्दर्भ ब्याजदर कात्तिक १५ गतेबाट लागु हुने भनिएको छ ।
पहिलो पटक सन्दर्भ ब्याजदर गत साउन १९ गतेबाट कार्यान्वयनमा ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी