शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उल्लूको अर्थ बुद्धिमान पनि !

केही रमाइला जानकारीहरु
बुधबार, ०७ असोज २०७७, १२ : ००
बुधबार, ०७ असोज २०७७

सामान्यत: उल्लू राति शिकार गर्ने चरा हो । तर मुर्खको प्रतिकको रुपमा पनि यो शब्द प्रयोग हुने गर्छ  ! कोही मानिसले मुर्खतापूर्ण काम गर्यो भने ‘कस्तो उल्लू रहेछ !’ भन्ने गरिन्छ । त्यसैले उल्लू (Owl)  को अर्थ मूर्ख, बुद्धू नभएर बुद्धिमान पनि हुन्छ भन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । तर प्राचीन ग्रीकमा उल्लूलाई बुद्धिको देवताको रुपमा लिने गरिन्थ्यो र ग्रीक भाषामा Owl  को अर्थ बुद्धिमान भन्ने हुन्छ ।

वास्तवमा, रात्रिचर यस प्राणीले मूसा, सर्प, बालीनालीमा लाग्ने कीरा फट्यांग्राहरु खाएर कृषकहरुलाई मद्दत गर्ने भएकोले प्राचीन ग्रीकवासीहरुले यसलाई बुद्धिको देवताको रुपमा लिएका हुन सक्छन् ।

T.F.M. को अर्थ

कतिपय नुहाउने साबुनहरुमा T.F.M. लेखिएको पाइन्छ । के तपाईंलाई थाहा छ– यसको अर्थ के हो ? वास्तवमा, T.F.M. को अर्थ हो– Total Fatty Matter । यसले त्यस साबुनमा कति प्रतिशत चिल्लो पदार्थ राखिएको छ भन्ने कुरा जनाउँदछ ।

यसरी बन्छ दूधबाट दही

दूधलाई निश्चित तापक्रममा लामो समयसम्म छाड्ने हो भने, त्यसमा मोइक्रोन्स नामक व्याक्टेरिया क्रियाशील हुन्छ । त्यस ब्याक्टेरियाले दूधलाई फटाइदिन्छ । उक्त व्याक्टेरियाले दूधमा पाइने ल्याक्टोजलाई पनि लेक्टिक एसिडमा परिवर्तन गरिदिन्छ । फलतः दहीको स्वाद अमिलो अमिलो बन्न जान्छ ।

छाताको कथा

हज्जारौं वर्ष पहिलेदेखि नै घाम तथा पानीबाट बच्न छाता ओढ्ने चलन रहेको पाइन्छ । प्राचीन कालमा कतिपय समाजमा त छाताको आकार र रंगले तिनीहरुको सामाजिक हैसियत समेत दर्शाउने गर्थ्यो । छाताको आविष्कार कहिले र कसले गर्यो भन्ने कुरा अहिलेसम्म किटानी भन्न सकिने स्थिति छैन । तर इतिहासकारहरुको मतमा छाताको आविष्कार चीनमा भएको हो ।

भाषाबारे यो तथ्य

संसारमा सबैभन्दा बढी देशहरुमा बोलिने भाषा अंग्रेजी हो । तर सबैभन्दा बढी बोलिने भाषा चाहिँ चिनियाँ भाषा (Mandarin)  हो । संसारमा करीब तीन हजारवटा विभिन्न भाषाहरु बोलिन्छन् । औसत रुपमा एउटा व्यक्तिले एक दिनमा ४ हजार वटा शब्दहरु बोल्ने गर्छन् । संसारमा सबैभन्दा बढी शब्दहरु भएको भाषा अंग्रेजी हो । सबैभन्दा सानो शब्द अंग्रेजी वर्णमालाको a हो भने सबैभन्दा बढी बोलिने अक्षर पनि अंग्रेजी वर्णमालाकै i हो ।

सबैभन्दा बढी बच्चा हुने राष्ट्रपति

अमेरिकाको इतिहासमा सबैभन्दा बढी बालबच्चा हुने राष्ट्रपतिको रुपमा जोन टायलर (John Tyler) को नाम अग्रपंक्तिमा आउँछ । अप्रिल ६, १८४१ देखि मार्च ३, १८४५ सम्म अमेरिकाको राष्ट्रपति पद सम्हालेका जोन टायलरका जम्मा १५ जना बालबच्चाहरु थिए ।

शनि ग्रहको चुम्बकीय क्षेत्र

प्रत्येक ग्रहको चुम्बकीय क्षेत्र हुन्छ । कुनै ग्रहको कम हुन्छ त कुनै ग्रहको बढी । अमेरिकाको मानवरहित यान ‘पायोनियर– ११’ ले पत्ता लगाएअनुसार, शनिग्रहको चुम्बकीय क्षेत्र पृथ्वीको भन्दा १,००० गुना बढी शक्तिशाली छ । तर बृहस्पति ग्रहको भन्दा चाहिँ २० गुना कमजोर । हेक्का रहोस्, उक्त अमेरिकी यान सन् १९७९ मा शनिग्रहको २०,८०० किलोमिटर नजिकबाट उड्ेको थियो ।

प्रकाशको गति

अति छिटो छरितो वा फूर्तिसँग काम गर्ने मान्छेलाई ‘बिजुलीजस्तो छिटो’ भन्ने चलन हामीकहाँ छ । ‘बिजुलीजस्तो छिटो’ भन्नुको अर्थ नै अति छिटो भन्ने बुझिन्छ । वास्तवमा, बिजुली –प्रकाश) को गति पनि अति छिटो नै हुन्छ । एक सेकेण्डमा प्रकाशले २९९७९२.४५८ किलोमिटरको दूरी पार गर्छ ।

नखाई ६ महिना बाँच्ने जीव

एउटा ह्वेलले एक दिनमा करीब ३ टनसम्म भोजन गर्न सक्छ । तर विचित्रको कुरा के छ भने, यो प्राणीले ६ महिनासम्म केही नखाइकन पनि बस्न सक्छ ।

उभिएरै सुत्ने प्राणी

अधिकांश जीवहरु सुत्नको लागि लड्ने गर्छन् । तर घोडा यस्तो विचित्रको प्राणी हो, जुन उभिएरै पनि निदाउन सक्छ ।

बालुवाको पहाड

अफ्रिकाको सहारा मरुभूमिमा बालुवाका अग्ला अग्ला पहाडहरु पाइन्छ । ती पहाडहरुमध्ये कुनै कुनैको उचाई त १४०० फूटसम्मका पनि हुन्छन् ।

पृथ्वीकै सबैभन्दा विशाल मरुभूमि मानिएको सहारा मरुभूमिको क्षेत्रफल ९० लाख वर्ग कि.मी. मानिएको छ । यो भनेको पृथ्वीको कूल जमीनको १÷८ भाग हो ।

सूर्यले पनि परिक्रमा गर्छ !

हाम्रो धरती पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ । तर स्वयं सूर्यले पनि आकाशगंगालाई परिक्रमा गरिरहेको हुन्छ । वैज्ञानिकहरुका अनुसार, उत्पत्तिकालदेखि अहिलेसम्म सूर्यले आकाशगंगाको २० पटक परिक्रमा गरिसकेको छ ।

हड्डीको शक्ति

हाम्रो शरीरको हड्डी अद्भूत शक्तिशाली हुन्छ । शक्तिमा यो शक्तिशाली धातु ग्रेनाइटजत्तिकै हुन्छ । यो कति शक्तिशाली हुन्छ भने एउटा सलाईको बट्टा जत्रो हड्डीले एक टन तौल थाम्न सक्छ ।

चुलुबले औंला

हाम्रो शरीरमा औंला यति महत्वपूर्ण हिस्सा हो, यसलाई नियन्त्रण गर्न हाम्रो मस्तिष्कले अधिकांश समय खर्च गरिहेको हुन्छ । यसलाई नियन्त्रण गर्न मस्तिष्कले जति समय खर्च गर्छ, त्यति समय छाती र पेटलाई नियन्त्रण गर्न पनि लाग्दैन ।

चन्द्रमामा पनि सागर

पृथ्वीको चन्द्रमामा एउटा सागर छ, जसको नाम वर्षाको सागर (Sea of Rains) राखिएको छ । रोचक त के छ भने, उक्त सागरमा एक थोपा पनि पानी छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप