पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध
बुधबार, ०७ असोज २०७७, ११ : ५०
बुटवल । पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको छ । गएराति देखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका–५ कालिमाटीमा ढुङ्गासहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल–तानसेन सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वर्षाको बेला पटक–पटक अवरुद्ध हुने यो सडक खुलाउनको लागि सडक डिभिजनसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक बन्द भएपछि बुटवलबाट पाल्पा,गुल्मी,स्याड्जा जाने र आउने सवारी साधनहरु रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलपत्र आयोजनाको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता
-
फिल्म ‘खुस्मा’ को छायाङ्कन रुकुमको मैकोटबाट सुरु
-
जसपा नेपालको सङ्गठित सदस्य एक लाख ४५ हजार, साधारण सदस्य कति ?
-
बजेट बनाउँदै राखेप : नेताका नाममा हुने प्रतियोगितालाई बजेट नदिने