केन्द्रीय संस्करण

बाबा ! यो वर्ष दसैँ पनि आउँदैन  ?

person explore access_timeअसोज ७, २०७७ chat_bubble_outline0

 

 

बाबा ! यो वर्ष दसैँ पनि आउँदैन हो ? बिहान बिहानै बालमनोभाव र बालाकाङ्क्षाले भरिएको छोरीको प्रश्नसँगै एकोहोरिएँ । त्यसपछि आजसम्म राम्रो निदाउन सकेको छैन । सोच्दैछु, के दैनिक जीविकाका कामकुरा रोकिएजस्तै चाडपर्व पनि यस वर्ष नहुने हो ? अनायासै लामो सुस्केरा छुट्छ, ‘आमा रिनै रिनको के दसैँ मनाउनु र खै ?’

आमा, खै यो वर्ष त दसैँ पनि बिदा माग्छ कि ? कि हामी नै बिदा दिने ? बालबालिकालाई चाडपर्व, हर्ष, उल्लास, भेटघाट चाडपर्वको महत्त्व र विशेषताले भन्दा पनि खानपिन, रमाइलो र नयाँ लुगाफाटोले दिने रहेछ । गत वर्ष नयाँ वर्षमा भ्रमण गरेको, गर्मी बिदामा मामाघर गएको, तीजमा नयाँ जामा लगाएर फुरुङ्ग  हुँदै तीजको गीतमा नाचेको कहाँ पो भुले कि छन् र सानी नानी ? अनायासै सपनामा झस्किन्छिन् र भन्छिन् बाबा यो वर्ष दसैँ पनि आउँदैन हो ? दसैँ आफैमा बालबालिकाका लागि खुसी साट्ने, लिङ्गेपिङ खेल्ने, नयाँ लुगा लगाएर गाउँ जाने, पैसा जम्मा गर्ने र साथीसँग चङ्गा उडाउने, खै यो बालमनोकाङ्क्षा कसरी पूरा गर्ने ?

सानी नानी र म प्रतिनिधि पात्र मात्र हौँ । खै कसरी भनौँ, करिब ८, १० महिनादेखिका कैदी बन्दी जस्तै लकडाउनमा थुनिएका छौँ, बेरोजगार भई घरमै थन्किएका छौँ । व्यापार व्यवसाय चौपट भई सटर थुनेको बेला, ठूला ठूला आकाङ्क्षा बोकेका केटाकेटीको रहर कसरी पूरा गर्न सकौँला ?

कुन वर्ग नै होला र यस वर्षका चाडपर्वमा खुशीसँग रमाउने ? खाद्यान्न, औषधि, टीभी, इन्टरनेट वा केही सीमित वर्ग बाहेकका ती कलिला बालबालिकाले तिनका बाबुआमालाई यही प्रश्न सोध्दा के उत्तर देलान् ? हुने खानेका बालबालिका रमाउँदै गर्दा हुँदाखाने बालबालिकाको मन रुँदैन र ? यक्ष प्रश्न छ । दैनिक खर्च, घरभाडा, औषधिमूलो त रिनै काडेर पनि गर्न परिहाल्यो । रिन काडेर चाडवाड मनाउन के सकिएला र ?

कुन वर्ग नै होला र यस वर्षका चाडपर्वमा खुशीसँग रमाउने ? खाद्यान्न, औषधि, टीभी, इन्टरनेट वा केही सीमित वर्ग बाहेकका ती कलिला बालबालिकाले तिनका बाबुआमालाई यही प्रश्न सोध्दा के उत्तर देलान् ? हुने खानेका बालबालिका रमाउँदै गर्दा हुँदाखाने बालबालिकाको मन रुँदैन र ? यक्ष प्रश्न छ । दैनिक खर्च, घरभाडा, औषधिमूलो त रिनै काडेर पनि गर्न परिहाल्यो । रिन काडेर चाडवाड मनाउन के सकिएला र ?

सरकारी जागिरे र निश्चित समूहमा त दसैँ पनि आउला, गाउँ पनि जालान, खसी पनि खालान्, नयाँ लुगा पनि किनिदेलान् वा सहज जनजीवन चलाउलान् तर मजदुर, श्रमिक, मध्यम वर्गीय व्यापारी, प्राइभेट अफिसका कर्मचारी, प्राइभेट विद्यालयका शिक्षक, विचरा के केटाकेटीलाई यस वर्ष दसैँ आउँदैन बाबु भन्न सक्लान र ? झुटो बोल्नु हुँदैन, झुटो बोले पाप लाग्छ भन्ने गुरुवा गुरुआमा यस वर्ष दसैँ बिदामा छ भनेर झुट बोल्न सक्लान् र ? यही प्रश्न मानसपटलमा घुमिरहन्छ । चाडवाड, राम रमाइलो, आपनो बिरानो, जन्मघर मामाघर कसको पो हुँदैन, फेरि रहर त सबैको एउटै हो ।

बल्लतल्ल वर्षको एक पटक एकजोर नयाँ लुगा किनेर शरीरमा अत्तर मगमग छर्दै रात्रिबस चढेर बाबा आमा भेट्न जाने हामी के यो दसैँमा घर आउन सकिएला र आमा ? न जागिर, न तलब, दुःखसुख अहिलेसम्म त खाना खाएकै छौँ, एकसरो लाएकै छौँ । न हामीलाई राज्यले राहत नै दिन्छ, न सहानुभूति, न त आफ्नो जागिर व्यवसाय नै हाम्रो आफ्नो भयो । जागिर व्यवसाय पनि पराई भइसक्यो आमा । चैत ११ गतेदेखि नै  भइसक्यो । घरभाडा, तलब, कर्मचारी, अफिस खर्च केके हो केके । म मात्र होइन आमा, यहाँ त मजस्तै लाखौँ लाख छौँ आमा लाखौँ लाख । हम्रो तलबको पनि ठेगान छैन । हाम्रो व्यवसायको पनि ठेगान छैन । साँच्चै भन्ने हो भने भोलिको नै ठेगान छैन आमा । यहाँ त कति टुँडिखेलको भात खानकै लागि दिनौँ लाइनमा बस्छन् । कति त हस्पिटलको गेट पनि नदेखी मरेका छन् । रिनै रिनको भारी, फाटेको मन, टुटेको भाग्य, चर्किएको छाती अनि महाँमारीको साथ । आमा खै के भनौँ, यी सानी छोरीलाई यो वर्ष दसैँ आउँछ कि आउँदैन ?

बाबाका ती फुटेका पैतला अनि आमाको त्यो च्यातिएको पटुकी यो दसैँमा फेर्ने र चाउरिएका गालामा एक वर्षमा फर्किने हाँसो छर्न मनै नभएको त कहाँ हो र ? वर्षौंदेखि भासिएको ठाउँमा न आफ्नो कोही छ, न कुनै मिठास छ यो सहरमा । घर चटक्क छोडेर आइयो । सहरिया भइयो ।

बाबाका ती फुटेका पैतला अनि आमाको त्यो च्यातिएको पटुकी यो दसैँमा फेर्ने र चाउरिएका गालामा एक वर्षमा फर्किने हाँसो छर्न मनै नभएको त कहाँ हो र ? वर्षौंदेखि भासिएको ठाउँमा न आफ्नो कोही छ, न कुनै मिठास छ यो सहरमा । घर चटक्क छोडेर आइयो । सहरिया भइयो । वर्षको एक पटक भए पनि अत्तर छरेर, कपालमा जेल टल्काएर घर आएकै थिएँ । हप्ताभरी गोरुगाडा भएरै पनि हप्तामा एक दिन चिटिक्कै परी फेसबुक, टुइटर, भाइवर, टिकटक चलाएकै थिएँ, फोेटा हालेकै थिएँ । सबैलाई ढाँटेकै थिएँ । खै यसपालि त कसरी ढाँट्नु र बाबा ? समयले आफैँलाइ ढाट्यो बाबा, आफैलाई ढाटे मात्र हो । सबै कोरोनाले देखाइछाड्यो । यत्रो चाडमा रित्तो हात त के घर आउनु र बाबा ?

वरपर, टोलछिमेक सबैको अगाडि केटाकेटी सहरमा पढ्छन् । सहरमा जागिर खान्छु, सहरमा पसल छ । सहरमा व्यापार छ भन्दा कत्रो आशाको धरहरा ठडिन्थ्यो मेरो अगााडि ? अब त सबै ढलिसक्यो बाबा, यस्तो महामारीमा, केही हुँदा अस्पताल त कसरी जाऊँ, बिहान बेलुका त कसरी खाऊ, घर भाडा, पसल भाडा, कसरी तिरुँ, व्यापार व्यवसाय कसरी धानुँ भनिरहेको बेला गाडी गुड्यो भन्दैमा के घर आउँला र बाबा ? व्यापार व्यवसाय, वर्षौंदेखिको उडेको जबानी, अनि सपना कहाँ मिल्काएर आऊँ म ? आमा यो वर्ष खै कसरी आउला र दसैँ ? यो सानी नानीलाई के भनौँ, यो वर्ष दसैँ आउँछ भनौँ कि के भनौँ ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.