शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा.केसी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा

मङ्गलबार, ०६ असोज २०७७, २३ : २६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौं । डा.गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएलगत्तै महाराजस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएलगत्तै शिक्षण अस्पताल पुर्याएको हो । उनी  त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । ९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट काठमाडौं आएका थिए । उनी त्रिवि शिक्षण अस्पताल जान खोजे पनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । 

केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो । केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा। केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप