इमरजेन्सीमा ल्याएलगत्तै परीक्षण गर्दा जैसवाल जिवित थिएनन्ः वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले केन्द्रीय कारागारका थुनुवा (कैदी) रामलखन जैसवाललाई अस्पताल (इमरजेन्सीमा) ल्याएलगत्तै परीक्षण गर्दा मृत भेटिएको जनाएको छ । मंगलबार अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले एक विज्ञप्ति जारी गर्दै चिकित्सकले परीक्षण गर्दा जैसवाल जिवित रहेको कुनै पनि चिन्ह नदेखिएकोले मृत घोषित गरिएको जानकारी दिएका हुन् ।
विज्ञप्तिमा मृतकको असोज ५ गते कोरोना पोजेटिभ रिपोर्ट आएको जनाइएको छ । विगत ३ दिनदेखि मृतकको शव, शवगृहमा रहेकोले सड्ने गल्ने प्रक्रिया शुरु भैसकेको र शवमा फोकाहरु रहेको, सुन्निएको र मुख र नाकबाट तरल पदार्थ निस्किनु शवलाई उपयुक्त रेफ्रिजिरेटरमा नराख्दा हुने सामान्य प्रक्रिया भएको विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
विज्ञप्तिमा यो मेडिकल अवस्थालाई नबुझि केही सञ्चारमाध्यामहरुमा आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता भ्रामक समाचारहरु सम्प्रेषण भएकोमा उक्त समाचारमा यथार्थता नभएको जानकारी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता