शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१७ ट्राफिक प्रहरी सम्मानित

मङ्गलबार, ०६ असोज २०७७, २२ : १६
मङ्गलबार, ०६ असोज २०७७

काठमाडौँ । सवारी नियम उल्लङ्घन गर्ने चालक र सह–चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी इन्कार गर्ने १७ जना ट्राफिक प्रहरी मंगलबार सम्मानित भएका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखामा एक कार्यक्रम गरी ती ट्राफिक प्रहरीलाई कार्यालय प्रमुख एसएसपी भीम ढकालले टीका, दोसल्ला र प्रशंसा पत्र दिएर सम्मान गरेका हुन् ।

नेपाल प्रहरीले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरसः पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकरसह–चालकले आर्थिक प्रलोभनमा पार्न खोज्दा कुनै पनि प्रलोभनमा नपरी त्यस्तो कार्यमा संलग्न चालक र सह–चालकलाई नियमानुसार कारवाहीको दायरामा ल्याउने ट्राफिक प्रहरीहरूलाई सम्मानित गरिएको एसएसपी ढकालले बताए ।

यसअघि पनि  महाशाखाले त्यस्ता ५० जना ट्राफिक प्रहरीलाई विभिन्न मितिमा पुरस्कृत गरिसकेको छ । 

त्यस्तै सेवाग्राहीसँग आर्थिक प्रलोभनमा पर्ने तथा संगठनको नीति नियम विपरित कार्य गर्ने ७७ जना ट्राफिक प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिएको  र ४ जना कर्मचारीलाई नोकरीबाटै हटाईएको महाशाखाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप