अरुण भ्याली हाइड्रोपावरले ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्दै, विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
कम्पनीको १९औं वार्षिक साधारण सभाबाट पारित भई उक्त कम्पनीको २१औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ शेयरको अनुपातमा ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्ने निर्णय भएको हो ।
उक्त सम्झौता पत्रमा कम्पनीका कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । कम्पनीले प्रतिशेयर १०० दरको ९९,८३,२३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ र हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्तापूँजीएक अर्व ९९ करोड ६६ लाख पुग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले पिलुवा खोलाको पानी उपयोग गरी ३,००० किलोवाट क्षमताको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरी २०५६ सालबाट व्यापारिक उत्पादन गरीरहेको छ ।
हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक